News Portal

सिन्धुपाल्चोकमा बिहानै पहिरो, करिब ३५ घर पुरिए

हिमाली संचार संवाददाता
८८७ पटक

२०७७ साउन ३०, शुक्रबार
सिन्धुपाल्चोक – सिन्धपाल्चोकमा फेरी अर्को दु:खद घटना आइपरेको छ। शुक्रबार बिहान करिब ६:३० बजे जुगल गाँउपालिका-२ गोल्चे लिदिको बिच टोलमा माथिबाट पहिरो खसी ३०/३५ घर पुर्ण रूपमा पुरिएको छ।

केही थप घरहरु जाेखिममा रहेको जनधनको र मानवीय क्षेति भएको स्थानीय दुर्गा श्रेष्ठले हिमालीसंचारलाई जानकारी दिए।

जलबिरे प्रहरी चौकीबाट इन्स्पेक्टर हरी पौडेलको नेतृत्वमा प्रहरी प्रशासन र कात्तिकेबाट नेपाली सेनाको ३० जनाटोली घटनास्थलमा जाँदै गरेको बताईएको छ।

जनधनको क्षति बारे भने एकिन नभएको इन्स्पेक्टर हरी पौडेलले जानकारी दिए। साथै अझै घटनास्थलमा पुग्न ३ देखि ४ घण्टामा पुगिने बताए।

यस्तो बिपत्ति पर्दा नेतृत्व तहले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। छिटोभन्दा छिटो घटनास्थलमा पुगि घाइतेहरूको उद्दार गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...