News Portal

अख्तियार सुर्खेतमा परेका साढे ४ सयबढि मुद्धा अनुसन्धानकै क्रममा

हिमाली संचार संवाददाता
३४८ पटक

२०७७ साउन २९, बिहीबार
वीरेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुर्खेतमा गत आर्थिक बर्षमा कर्णाली प्रदेशमा ५६ प्रतिशत मुद्धाको टुंगो लागेको बताएको छ।

अख्तियारले आज भिडियो कन्फ्रेन्समार्फत पत्रकारसंग गरेको छलफलमा जम्मा मुद्धाको ५६ दशमलव ७६ प्रतिशत मुद्धा उजुरी फर्छ्यौट गरेको जनाएको छ।

अख्तियारमा विभिन्न शिर्षकमा १ हजार ८० वटा मुद्धा परेकोमा ६ सय १३ वटाको टुंगो लागिसकेको छ भने अब ४ सय ६७ वटा अनुसन्धानकै क्रममा रहेका छन।

अख्तियारले अघिल्ला बर्षको तुलनामा गतबर्ष आर्थिक अनियमितालगायत अन्य शिर्षकमा धेरै उजुरी परेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ सात सय ८३ वटा उजुरी दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा ६ सय ६९ मुद्धा परेका थिए।

अहिले सबैभन्दा धेरै स्थानियतह अन्तर्गतको संघीय मामिला तथा शिक्षा सम्बन्धीका मुद्धा धेरै परेको आयोगका प्रमुख नारायण प्रसाद रिसालले जानकारी दिनुभयो। उहाँले स्थानीयतहमा कुल ५ सय ५४ उजुरी परेकोमा ३ सय १८ को अन्तिम किनारा लागिसकेको भन्दै २ सय ३६ अनुसन्धानकै क्रममा रहेको बताउनुभयो।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १ सय ६, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय १ सय २६ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ३८ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ३० वटा मुद्धा परेका छन।

यसैबीच जिल्लागत रुपमा सबैभन्दा धेरै सुर्खेतका २ सय ३८ वटा उजुरी परेका छन भने कम डोल्पामा ४९ उजुरी दर्ता भएका छन। दैलेखका १ सय ८६, जाजरकोट १ सय ४४, कालीकोट १ सय २, जुम्ला ८४, सल्यान ८०, रुकुमपश्चिम ७८, हुम्ला ६६ र मुगुमा ५३ वटा उजुरी दर्ता भएका छन।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले गत आर्थिक बर्षमा ७ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ।

आयोगले प्रकाउ पर्नेमा गाँउपालिका अध्यक्षदेखी निमित प्रमुख इन्जिनियरसम्मका रहेको बताएको छ। आयोगका प्रमुख रिसालले उनिहरुको साथबाट १० लाख ७५ हजार रकम बरामद गरिएको बताउनुभयो।

पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्णबहादुर केसी, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेख निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल, सब-इन्जिनियर विरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ, सुपरभाइजर लक्ष्मी पाण्डे रहेका छन।

यस्तै जिल्ला अदालत रुकुम पशिचमका नासु रमेशकुमार खड्का, पिपल चौतारा माध्यामिक विद्यालय डुङ्गेश्वर दैलेखका विधालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीलाई प्रकाउ गरेको हो।

अख्तियारले भेरीगंगा नगरपालिका सुर्खेतका चित्रबहादुर केसी र वीरेन्द्रनगर नगरपालिका वडा नं.४ प्रशासन सहायक रत्न बहादुर विकलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...