News Portal

  • वीपी प्रवेशद्वारमा प्रहरी र नेपाली काँग्रेसको भातृ संगठनवीच झडप दुई जना प्रदर्शनकारी सामान्य घाइते

    आन्दोलनकारीले आन्दोलन जारी रहेको घोषणा

    हिमाली संचार संवाददाता
    २७३ पटक
    २०७७ साउन २८, बुधवार

    धरान । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सहितका आन्दाेलनकारी र प्रहरीवीच वीपीको प्रवेशद्वारमा झडप भएको छ ।

    झडपको क्रममा दुई जना आन्दाेलनकारी सामान्य घाइते भएका छन् । वीपी भित्रको कोभिड-१९ अस्पताल सञ्चालनको माग सहित उपकुलपतीकाे कार्यकक्षमा पुन:तालाबन्दी गर्न गएकाे नेपाली काँग्रेस निकट नेपाल तरुण दल र विद्यार्थी समूह र प्रहरी बिच प्रतिष्ठानको गेटमा झडप भएको हो ।

    धराने जनताको सहज हुने गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोभिड अस्पताल उद्घाटन मात्रै होइन व्यावहारिक रुपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको १ घण्टा पछि प्रहरीले ताला तोडेपछि आज फेरी नेपाली काँग्रेस समूह तालाबन्दी गर्न उपकुलपतिको कार्यकक्ष तर्फ जाँदै गर्दा प्रहरीसँग झडप भएको हो ।

    प्रहरी अवरोधको कारण ताला लगाउन नपाए पनि प्रतिष्ठानको प्रवेशद्वार नजिकै उक्त समुहले कोणसभा  गरेको छ । प्रतिष्ठान भित्र थुप्रै अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रहरीले रोके पनि वीपीको बेतिथि विरुद्ध आन्दोलन जारी रहने नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेलले बताए । 

    वैशाख ११ गते देखि सञ्चालन हुने भन्दै तामझामका साथ उद्घाटन भएको कोभिड-१९ अस्पताल अहिले सम्म सञ्चालन नहुनु र धरानमै वीपी जस्तो ठुलो स्वास्थ्य संस्था रहेर पनि धरानका कोरोना संक्रमित होम आइसोलेसनमा बस्नुपर्ने दु:खद परिस्थिति रहेको भन्दै तरुण दल र नेविसंघ आन्दोलनमा उत्रिएका हुन् ।

    अत्यन्तै चरम बेतिथि रहेकोले गर्दा पनि यो आन्दोलन गर्नुपरेको बताउँदै सचिव श्याम पोख्रेलले बताए । माँग गरिएका विषयहरूमा गैर जिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए आन्दोलन कडा हुने र आन्दोलन जारी रहने अन्दाेलनकारीले चेतावनी समेत दीएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...