News Portal

वीरेन्द्रनगरमा द रेस्पन्सिबल अड्स नेपालद्वारा रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
४९४ पटक

२०७७ साउन २८, बुधबार
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ।

द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम गरेको हो। रक्तदान कार्यक्रमको साथमा समूहले देशमा अहिले यूवापुस्तामा निराशापनले गर्दा भैरहेको आत्महत्यालाई निरुत्साहन गर्नकालागि “किन बाच्ने” विषयमा प्रशिक्षण पनि दिएको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता कुमार बहादुर ढकाल, डा.सुशिल समदर्शी र सामुदायिक प्रहरीका अनिल ढकालले “किन बाच्ने” विषयमा यूवाहरुलाई प्रशिक्षण दिनुभएको कार्यक्रमका संयोजक कपिलनाथ योगी जानकारी दिनुभयो।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडामा यूवाहरुले गर्ने सबै सकारात्मक कार्यहरुमा वडाले सँधै साथ र सहयोग दिने बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के्न्द्र सुर्खेतको सहकार्यमा सम्पन्न कार्यक्रममा २ जना महिला र २० जना पुरुषले रक्तदान गर्नुभएको रक्तदान कार्यक्रमका संयोजक सुदिप विक्रम जिसीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...