News Portal

वीरेन्द्रनगरमा द रेस्पन्सिबल अड्स नेपालद्वारा रक्तदान कार्यक्रम

हिमाली संचार संवाददाता
४४९ पटक

२०७७ साउन २८, बुधबार
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ।

द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम गरेको हो। रक्तदान कार्यक्रमको साथमा समूहले देशमा अहिले यूवापुस्तामा निराशापनले गर्दा भैरहेको आत्महत्यालाई निरुत्साहन गर्नकालागि “किन बाच्ने” विषयमा प्रशिक्षण पनि दिएको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता कुमार बहादुर ढकाल, डा.सुशिल समदर्शी र सामुदायिक प्रहरीका अनिल ढकालले “किन बाच्ने” विषयमा यूवाहरुलाई प्रशिक्षण दिनुभएको कार्यक्रमका संयोजक कपिलनाथ योगी जानकारी दिनुभयो।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडामा यूवाहरुले गर्ने सबै सकारात्मक कार्यहरुमा वडाले सँधै साथ र सहयोग दिने बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के्न्द्र सुर्खेतको सहकार्यमा सम्पन्न कार्यक्रममा २ जना महिला र २० जना पुरुषले रक्तदान गर्नुभएको रक्तदान कार्यक्रमका संयोजक सुदिप विक्रम जिसीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...