News Portal

द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा हत्या

हिमाली संचार संवाददाता
४२८ पटक

२०७७ साउन २७, मंगलबार
वीरेन्द्रनगर – सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ। प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो।

स्मृति सभामा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँको परिवारले अहिलेसम्म न्याय पाउन नसकेको र थापाको हत्यामा संलग्नहरु अझैपनि कानुनी दायरामा आउन नसकेको बताएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले स्व.पत्रकार डेकेन्द्रले सशस्त्र द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा तत्कालीन विद्रोही माओवादीले हत्या गरेको बताउनुभयो।

थापाको परिवारले अझैपनि न्याय पाउन नसकेको हुँदा पत्रकार महासंघ सदैव थापाको परिवारलाई साथ र समर्थन दिने उल्लेख गर्नुभयो।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, सुर्खेत जिल्लाका अध्यक्ष गणेशकञ्चन भारती, दैलेखका अध्यक्ष चक्र केसी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पत्रकारहरुमाथि अझैपनि जोखिम कायमै रहेको भन्दै स्व.पत्रकार डेकेन्द्रको परिवारलाई न्याय दिलाउने पक्षमा सहयोग रहने प्रतिवद्धता जनाएका छन।

फाउण्डेशनका संरक्षक एवं स्व.पत्रकार डेकेन्द्र थापाका श्रीमती लक्ष्मी थापाले विगतमा पत्रकार महासंघले धेरै सहयोग गर्दै आएको बताउँदै आफूले अझैपनि पूर्ण न्याय पाउन नसकेको बताउनुभयो।

फाउण्डेशन स्थापना गरेर कर्णालीका पत्रकार तथा पत्रकारहरुका सन्ततिहरुलाई सहयोग गर्ने लक्ष्य राखेको भन्दै फाउण्डशेन स्थपानाका लागि सहयोग गर्न आग्रह गर्नुभयो।

यसैबीच आजै सरकारले मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको कार्यसम्पादन करार सम्झौता पनि गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै मन्त्रीहरुसंग कार्यसम्पादन कारार सम्झौता गर्नु भएको छ।

मुख्यमन्त्री शाहीले गतबर्ष पनि सोचे अनुसार प्रगती गर्न नसकिएको भन्दै आगामी दिनमा काम गर्ने शैलीमा परिवर्तन गर्ने बताउनुभयो। उहाँले पहिलो चौमासिकमा प्रदेशका सबै जिल्लाबाट काम गर्नेक्रम सिकाईको चरण भएकाले काम गर्न नसकिएको भन्दै दोस्रो चरणदेखि कामले गति लिएकाले प्रगती हुन नसकेको जिकिर गर्नुभयो।

मुख्यमन्त्री शाहीले यो बर्षदेखि यसअघि भएका कमि कम्मजोरीलाई केलाएर अगाडी बढ्ने भन्दै अव कुनै बाहानले काम नरोकिने दाबी गर्नुभयो। उहाँले आबश्यक कर्मचारीको व्यवस्थापन गरि सकेको भन्दै यो बर्ष सरकारले सोचे अनुरुपको कामहुने जिकिर गर्नुभयो।

अवको केहीदिनमा कर्मचारीहरुसंग पनि कार्यसम्पादन करार सम्झौता गरिने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...