News Portal

संक्रमित दैनिक बढेपछि रंगेलीको जनता क्यापसमा आईसाेलेसनकाे स्थापना

हिमाली संचार संवाददाता
५०९ पटक

२०७७ साउन २५, आईतबार
रबिन्द्र बराल/मोरङ – संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले आफ्ना नागरिकहरुलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको छ।

नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइनलाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको हाे।

सङ्क्रमण बडदै गएपछि बिभिन्न स्थानमा रहेका आईसाेलेसनहरु भरिदै गएपछि आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो।

मापदण्डअनुसार रंगेली नगरपालिकाले क्याम्पसलाई नै १ सय शैयाको आईसोलेशन अस्पतालकाे स्थापना भएको घोषणा गरेको छ। उक्त आईसोलेशनमा ६ महिलासहित २८ नागरिकहरुलाई राखिएको छ।

अस्पतालमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डेसहित २ जना एचए २४ सैं घण्टा अस्पतालमा रहने व्यवस्थाकाे नेतृत्वको चिकित्सक टोली परिचालनसमेत गरिएको मेयर बगडीयाले बताए।

आईसोलेशन सुरक्षा र सतर्कतामा ध्यान दिनका लागि सुरक्षाकर्मी सहितको टोलि समेत रहेको छ। क्याम्पसको आईसोलेशन अस्पतालमा रहेका बिरामीहरुलाई तीन पटक चिया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल समेत उपलब्ध गराउने गरिएको बताए।

हालसम्म रंंगेलीमा ५२ संक्रमित पुगेका छन्। संक्रमितमध्ये वडा नम्बर ७ को शिवमन्दिरमा रहेका दुई पुजारी भागेर भारत नै फर्केका छन्। शिव मन्दिर नजिकै रहेको एकै घरका १४ जना संक्रमित भएपछि सम्पर्क पहिचानका आधारमा मन्दिरका तीन पुजारीको समेत स्वाब लिईएको थियो।

स्वाब लिएकै राती भारतीय नागरिक दुई पुजारी भने भागेको मेयर बगडीयाले बताए। रंगेली नगरपालिकाले हालसम्म १ हजार ४ सय २७ जनाको स्वाब परीक्षण गराईसकेको छ।

रंगेली नगरपालिका क्षेत्रलाई लकडाउन घोषणा गरिएको छ। संक्रमितको संख्या दैनिक बढेपछि अहिले बजार सुनसान रहेको छ। कोभिड क्राईसिस मेनेजमेन्ट समितिको आइतबार बिहान बसेको बैठकले यसलाई थप कडाई गर्दै संक्रमितको सम्पर्क पहिचान र संक्रमितहरुको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ।

रंगेली नगरपालिकाले भारत तथा बाहिरबाट आउने नागरिकलाई राख्नका लागि तिरुपति बालाजिकाे मन्दिरकाे नयाँ भवनलाई क्वारेन्टीनको रुपमा प्रयोग गरिरहेको छ। नगरपालिकाले भदौ २ सम्मका लागि वडा नम्बर ७,८ र ९ पुर्ण रुपमा सिल गरेको छ भने बाँकी वडाहरु लकडाउन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...