News Portal

सरकारले जारी गरेका निर्देशन  पालना गर्न  -राष्ट्रपतिको आग्रह

हिमाली संचार संवाददाता
३७५ पटक
शनिबार साउन २३ २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा उनले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले लकडाउनका कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा पनि चिन्ता व्यक्त गरेकी थिइन्।

 

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको टोलीले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उलेखक छ ।

 

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...