News Portal

कोरोना रोकथाम तथा नियन्त्रणमा ६ करोड बढी खर्च

हिमाली संचार संवाददाता
४१७ पटक

२०७७ साउन २२, बिहीबार
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा ६ करोड भन्दा धेरै रकम खर्च गरेको छ। कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३० लाख र अन्य व्यक्ति तथा संस्थाबाट ७ करोड ११ लाख ५७ हजार बचत भएको जनाएको छ।

यो मध्ये नगरपालिकाले अहिलेसम्म ६ करोड २४ लाख १५ हजार भन्दा धेरै रकम खर्च गरिसकेको जनाएको छ। नगरपालिकासंग अव कोभिड कोषमा जम्मा ८७ लाख ४१ हजार रकम बाँकी रहेको जनाएको छ।

नगरपालिकाले सबैभन्दा धेरै क्वारेटाईन व्यवस्थापन, खाना, राहत वितरण अन्य सामाग्री खरिदमा खर्च गरेको जनाएको छ। नगरपालिकाले लकडाउन अवधिभर दुई करोड २६ लाख भन्दा धेरै राहत सामग्री वितरण गरेको जनाएको छ।

खानामा १ करोड ४८ लाख, औषधि उपचारमा ५७ लाख ५० हजार र कपडामा २६ लाख ७७ हजार खर्च गरेको जनाएको छ। यस्तै प्रोत्साहन खर्चमा ९० लाख ७२ हजार, बसपार्क आईसोलेशन निर्माण ५ लाख मसलन्द खर्च, १४ लाख ८० हजार र अन्य विधित खर्चमा २६ लाख ७२ हजार खर्च गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले २१ हजार ९ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गर्दा रकम खर्च भएको बताउनुभयो।

अधिकृत ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर वीरेन्द्रनगरवासी र बाहिरका झण्डै ७४ हजार व्यक्तीलाई खाद्य सामग्री वितरण गरेको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...