News Portal

  • हेर्नुहोस आज साउन २२ गते बिहीबारको राशिफल

    हिमाली संचार संवाददाता
    ६३९ पटक

    वि.सं.२०७७ साल साउन २२ गते बिहीबार | २०२० अगस्ट ६ तारीख |नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। भाग्यले विभिन्न अवसर जुराउने समय छ। सामाजिक तथा पदीय जिम्मेवारी प्राप्त हुनेछ। नसोचेको अवसर आउनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। काम देखाएर फाइदा लिने समय छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। खर्च बढ्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि तत्कालका समस्या टार्न सकिनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    पहिलेका कमजोरी सच्याउन केही समय जुट्नुपर्ला। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्य प्राप्ति हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...