News Portal

कर्णाली प्रदेशको नेपाल टेलिकमको कार्यालय प्रदेश ५ बाट संञ्चालित

हिमाली संचार संवाददाता
४६५ पटक

२०७७ साउन २१, बुधबार
सुर्खेत – नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ। प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश ५ मा रहेको छ।

टेलिकमले अहिले नेपालंगञ्जमा रहेर कर्णाली प्रदेशको बोर्ड राखेर काम गरिरहेको छ। टेलिकमको प्रादेशिक कार्यालय अन्य प्रदेशमा हुदाँ सानोतिनो कामको लागी पनि धेरै समय लाग्ने गरेको छ।

प्रादेशिक कार्यालयले कर्णालीका १० जिल्लामा रहेका टेलिकमका बारेमा नितिनियम बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरहरुको मर्मत गर्ने गर्दछ। तर अहिले आफ्नो प्रदेशमा कार्यालय नहुदाँ सानातिना काम गर्न नेपालगंज जानुपर्ने बाध्यता रहेको छ।

यता प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लीकले सुर्खेतमा कार्यालयको लागी आफ्नै भवन नुहदाँ र भाडामा उपयुक्त घर पाउन नस्कदा कार्यालय नेपालगंजमा रहेको बताउनुभयो।

उहाँले अव छिटै नै टेलिकम सुर्खेत रहेको भवनमा मिलाएर भएपनि कार्यालय सार्ने तयारी भईरहेको बताउनुभयो। अहिले ५ नम्बर प्रदेश हेर्ने टेलिकमका दुई वटा प्रादेशिक कार्यालय भैरवा र नेपालगंज रहेका छन।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...