News Portal

जुनी खालिङ राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८२२ पटक
२०७७ साउन १९, सोमवार

काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको” उनकै युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी छिन् । 

धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्ण कुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् । 

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिंग भने सेवा रेकर्डिङ अनामनगर काठमाण्डौमा मास्टरिङ मिक्सिंग मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको दृश्यवलोकन देख्न सकिने म्युजिक भिडियो राज बान्तावा राईले छायांकन गरेका हुन् । जस्तो सुकै गीतमा सहजै आवाज दिन सक्ने गायिका जुनी खालिङ राईले गायक सचेत एवाई राई संग यो गीतमा आवाज दिएकी हुन् ।

“कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो” जस्ता चर्चित गीतमा आवाज दिएकी मिठो स्वरकी धनी गायिका राईले पछिल्लो समय गीतका लागि समय अनुकूल नहुदा समय मिलाउन समस्या परिरहेको हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन् ।

भिडियो हेर्नुस्

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...