News Portal

  • ट्याम्पो चालकहरुद्वारा धरानका मेयरको ध्यानाकर्षण, धरान बाहिर जान आउन पाउनु पर्ने माग

    हिमाली संचार संवाददाता
    ३९० पटक
    २०७७ साउन १८, आइतबार

    दिलीप राई, धरान । धरान उपमहानगरपालिकाले धरानमा गरेको निर्णयको विरुद्धमा आज धरानका ट्याम्पो चालकहरू धरान उपमहानगरपालिकामा भेला भएर मेयरको ध्यानाकर्षण गरेका छन् ।

    ट्याम्पो व्यावसायीहरुले आफूहरूलाई धरान उपमहानगरपालिकाले धरान बाहिर जान र बाहिरबाट आउन नदिने निर्णय गरेकोले आफूहरूलाई समस्या भएको भन्दै उपमहानगर अगाडी ट्याम्पो लिएर गएका थिए । धरान बाहिर जान नदिने र सीमित मात्रै यात्रु बोक्न भनिएको तर यात्रुवाहक बसहरू पूर्वका विभिन्न जिल्लाका शहरहरु सम्म पुग्ने र आउने गरेको भन्दै यात्रुवाहक बस जस्तै सेवा दिन पाउनुपर्ने माग गरेका थिए ।

    ट्याम्पो व्यावसायीहरुसंगको छलफलमा यात्रुवाहक बस र ट्याम्पोमा कुनै विभेद गरिएको छैन । धरानमा कोरोनाको न्यूनीकरणका लागि यस्तो निर्णय गर्न बाध्य हुनु परेको भनेर मेयर तिलक राईले सम्झाएका थिए । यो विषम परिस्थितिमा उपमहानगरपालिकाले गरेको निर्णयमा सहयोग गर्न ट्याम्पो व्यवसायीहरु संग आग्रह गरेको मेयर राईले बताए ।

    धरान उपमहानगरपालिकाको सर्वदलीय बैठकले यात्रुवाहक बसहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्ने र तीन पाङ्ग्रे सवारीहरू ट्याम्पो र सिटी सफारीले धरान उपमहानगर क्षेत्र देखि बाहिर जान नपाउने र बाहिरबाट पनि आउन नपाउने निर्णय गरेको थियो ।

    उक्त निर्णयको विरोध गर्दै धरान उपमहानगरपालिकामा ट्याम्पो सहित आइपुगेका ट्याम्पो व्यावसायीहरुले पनि मेयर र धरान उपमहानगरको निर्णयमा सहमत जनाएका थिए । धरानमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेकाले अवस्था हेरेर पुन निर्णय गर्ने  सहमति भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...