News Portal

धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि, क्वारेनटाइन बाहिरका थप ५ जना पनि कोरोना

हिमाली संचार संवाददाता
४९८ पटक
२०७७ साउन १८, आइतवार

धरान । धरान उपमहानगरपालिका तीन कुने स्थित औद्योगिक क्षेत्रको उद्योगमा काम गर्ने ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका धरानका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरान वडा नं. १३ का कोरोना संक्रमित युवाले काम गर्दै आएको धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित उनीहरु बिचमा विराटनगर र जनकपुर गएर आएको बताइएको छ ।  धरान वडा नं. १३ युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, धरान १७ एन्फा क्वारेनटाइनमा रहेका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।

यो सँगै धरान उपमहानगरपालिकामा क्वारेनटाइन बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...