News Portal

  • लखिराम आर्थिक अभावका कारण ३ बर्ष देखि राेग पाल्न बाध्य

    हिमाली संचार संवाददाता
    ३५६ पटक
    २०७७ साउन, १४ बुधबार

    रबिन्द्र बराल, मोरङ । माेरङकाे रंगेली नगरपालिका-४, आमताेला स्थित सुकुम्बासी टाेलका ४० बर्षका  लखिराम हेमरम बिगत ३ वर्षा देखि पेट फुल्ने राेगबाट पिडित अहिले पैसाकाे अभावमा राेग पाल्न बाध्य रहेका छन । उनको ३ बर्ष अगाडी पेट फुलेपछि उनलाई बिराटनगर स्थित काेशी अञ्चल अस्पतालमा उपचारका लागि लगिएको श्रीमती डुलर हेमरमले बताईन ।  डाक्टरले लखिरामकाे   लिभरकाे खराबीका कारण पेट फुलेको बताए । 

    केही दिन डाक्टरकाे सल्लाह अनुसार औषधी समेत सेवन गरे तर उनकाे राेग  भने  निकाे भएन अहिले पैसा अभावको कारण राेग पाल्न बाध्य रहेकाे श्रीमति डुलरले बताईन । एक कठ्ठा ओइलानी जमिनमा रहेको सानाे झुपडीमा बस्दै आएका चार परिवारलाई   अहिले निकै समस्यामा परेकाे छ । उनकाे घरमा १० बर्षका एक  छाेरा सन्ताेष १३ बर्षकी छाेरी सन्ताेषी र आमा, बुबा बस्दै आएका छन । घरकाे आर्थिक अवस्था कमजोर भएको देखेर २ बर्ष अगाडी जेठी छाेरीले घर देखि केही टाढा गएर रुखमा झुन्डिएर  आत्माहत्या गरेकाे  उनकी आमा डुलरले बताईन । 

    उनीहरुकाे घरमा अहिले राम्रो संग एक छाक टार्न समेत निकै कष्टकर रहेको छ ।  उनले भनिन अहिले छाेरा छाेरीलाई र श्रीमानलाई कसरी पालनपोषण गर्नु आफु एक्लैले मजदुर गरेर  मुस्किलले परिवार पालिरहेकाे उनले बताईन ।

    आफु एक्लैले अरुकाे खेतमा गएर धान काटेर केही धानकाे जाेहाे गरेता पनि श्रीमानको उपचार गर्न सबै धान बिक्री समेत गरेकाे र अहिले  घरमा खानाका लागि केही थाेरै गहुँ मात्रै रहेको र साे गहुँ सकिएपछि परिवारलाई के खुवाउनु भन्दै  बिलाैना गरिरहेकी छिन । उनी अहिले  गाउँ घरमै जन मजदुरी गरेर आफ्नो चार परिवार पाल्न बाध्य रहेकी छिन ।  

    उनले श्रीमानको उपचारका लागि ऋण लिएर ३ लाख रुपैयाँ सकिन तर राेग भने निकाे भएन अब श्रीमानकाे राेग कसरी निकाे पार्ने भन्दै बिलाैना गरिरहेकी छिन। उनी पनि बिगत दुई बर्षा देखि तल्लो पेट दुख्ने समस्यबाट ग्रसित भए पनि  आफुले  राेग सहेर भए पनि श्रीमाकाे उपचारका लागि निकै कष्ट गर्दे आइरह्को उनले बताईन । घरमा राम्रो संग परिवारलाई मिठाे र राम्रो खुवाउनु उनलाई सपना जस्तो भएको छ। 

    श्रीमानकाे उपचारका लागि उनले जीवन बिकासबाट २५ प्रतिशतका दरले ५० हजार रुपैयाँ र स्थानीयबाट अडाई रुपैयाँ सेकडाका दरले ६० हजार रुपैयाँ लिएको ऋण लिएको बताईन ।  अब सबै ऋिण कसरी तिर्नु भन्दै निकै बिलाैना गरिरहेकी छिन । श्रीमानकाे उपचारका लागि उनले जीवन बिकास लधुबित्तिय वितिय संस्थान लिमिटेडबाट आफुले ५० हजार रुपैयाँ ऋण लिएर लिएको भएता पनि अहिले उक्त ऋण समेत तिर्न समस्या परिरहेको उनले बताईन ।  

    अहिले बैंकले उसलाई  बारम्बार ऋण तिर्नु भन्दै थप समस्या दिएकाे बताईन । आफुले ऋण तिर्न नसके पछि आफ्नो बचत गरेको ३० हजार रुपैयाँ त्यहीँबाट कट्टा गर्नु भनेकी छिन । अझै २० हजार रुपैयाँ दिनुपर्ने भने पछि थप  समस्या रहेको र गाउँलेबाट अडाई रुपैयाँ सयकडाबाट ६० हजार रुपैयाँ थप ऋण लिएको  उनले बताईन । अब श्रीमानकाे उपचार  कसरी गर्नु ? छाेरा छाेरीकाे पालनपोषण  कसरी गर्नु  आफु संग भएको सबै रकम सकिए पछि अब श्रीमानलाई कसरी बचाउनु भन्दै आखाबाट आशुकाधार बगाउनुको विकल्प नभएको देखिन्छ । उनले भनिन् १ बर्ष अगाडि स्थानीयले चन्दा उठाएर २६ सय रुपैयाँ दिए अब कति गाउँमा चन्दा माग्नु भन्दै बिलाैना गरिरहेकी छिन । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...