News Portal

सल्यानको बनगाँड कुपिण्डेसहित कर्णालीका ११ पालिकाले बजेट अझै ल्याएनन

हिमाली संचार संवाददाता
३८९ पटक

२०७७ साउन १२, मंगलबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अहिलेसम्म ११ पालिकाले बजेट ल्याउन सकेका छैनन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्णालीका ६७ वटा स्थानीय तहलेमात्र बजेट ल्याएका छ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते नै सबै स्थानियतहले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर कर्णाली सहित अन्य विभिन्न जिल्लाका स्थानियतहले पनि अहिलेसम्म बजेट ल्याउन सकेका छैनन्।

बजेट ल्याउन नस्कनेमा मुगुको खत्याड गाउँपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ठूलीभेरी नगरपालिका, जुम्लाको तातोपानी गाउँपालिका, कालिकोटको महावै गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका रहेका छन।

यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, सल्यानको बनगाँड कुपिण्डे नगरपालिका, कालिमाटी, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट ल्याउन सकेका छैन।

हालसम्म देशभर एक सय ९२ पालिकाले बजेट ल्याउन नसकेको सामान्य प्रशासन मन्त्रालयको तथाङकमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...