News Portal

सल्यानको बनगाँड कुपिण्डेसहित कर्णालीका ११ पालिकाले बजेट अझै ल्याएनन

हिमाली संचार संवाददाता
३५९ पटक

२०७७ साउन १२, मंगलबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अहिलेसम्म ११ पालिकाले बजेट ल्याउन सकेका छैनन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्णालीका ६७ वटा स्थानीय तहलेमात्र बजेट ल्याएका छ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते नै सबै स्थानियतहले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर कर्णाली सहित अन्य विभिन्न जिल्लाका स्थानियतहले पनि अहिलेसम्म बजेट ल्याउन सकेका छैनन्।

बजेट ल्याउन नस्कनेमा मुगुको खत्याड गाउँपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ठूलीभेरी नगरपालिका, जुम्लाको तातोपानी गाउँपालिका, कालिकोटको महावै गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका रहेका छन।

यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, सल्यानको बनगाँड कुपिण्डे नगरपालिका, कालिमाटी, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट ल्याउन सकेका छैन।

हालसम्म देशभर एक सय ९२ पालिकाले बजेट ल्याउन नसकेको सामान्य प्रशासन मन्त्रालयको तथाङकमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...