News Portal

सुर्खेतको काँक्रेविहारमा पहिलोपटक परिक्षणको रुपमा युवाहरुले रोपे टिमुरका विरुवा

हिमाली संचार संवाददाता
४९५ पटक

२०७७ साउन १२, सोमबार
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बोरेन्द्रनगरमा रहेको संरक्षण क्षेत्र काँक्रेविहारमा वृक्षारोपण गरिएको छ। आज वीरेन्द्रनगर वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको संक्रियतामा टिमुरको विरुवा परिक्षणको रुपमा रोपिएको छ।

गुँरास गाउपलिकाका अध्यक्ष खेमराज वलीले दुर्इ सय टिमुरका विरुवा काँक्रेविराहमा रोप्नको लागी हस्तान्तरण गर्नुभएको हो।

विरुवाहरु एक कार्यक्रमको आयोजाना गरेर लाटीकोईलीका समाजसेवी दलबहादुर खत्री र शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द्र गिरीले काँक्रेविहारको मञ्च नजिकको वृक्षारोपन गरेर उद्धघाटन गर्नुभएको हो।

अहिले देश तथा बिदेशमा नेपाली टिमुरको माग बढ्दै गएकाले व्यवसायीक रुपमा टिमुर खेति गर्नेहरु पनि बढ्दै गएको छ।

पहाडी क्षेत्रमा उत्पादन हुने टिमुर काँक्रेविहारमा पहिलो पटक परिक्षणको रुपमा रोपिएको स्थानिय युवा सनम गिरीले बताउनु भयो।

रोपिएका विरुवाहरु काँक्रेविहार मञ्च नजिक, बरकुना र पातलगंगा नजिकको जंगलमा रोपिएको हो। अहिले रोपिएका यो टिमुरका विरुवाहरु सफल भए आगामी दिनमा काँक्रेविहारको खाली जमिनमा विरुवा रोपिने स्थानिय युवा बसन्त गिरी र नविन गिरीले बताउनुभयो।

बृक्षारोपन कार्यक्रममा अनमोल श्रेष्ठ, सुशान्त गिरी, राजन गिरी, प्रदिप रोकाय, रुद्र खत्री, अनिल दाहाल र नरेश शर्मा लगायतका ४० जना युवाहरुको सहभागीता रहेको थियो।

बृक्षारोपन कार्यक्रममा लाटीकोईलीका युवाहरुलाई सहयोग गर्न कैँची ग्याङ्ग युवाहरु पनि सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...