News Portal

आज मोतीराम भट्टको जन्मजयन्ती, साहित्यिक कार्यक्रम गरी मनाइँदै

७५५ पटक

२४ भदौ, काठमाडौं- भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् ।

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए । (

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...