News Portal

  • हङकङमा आज थप १३३ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ४१५ पटक
    २०७७ साउन १०, शनिवार

    युवा राई, हङकङ । हङकङमा शनिवार थप १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

    स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२६ स्थानीय र ७ जना आयातित गरी जम्मा १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । यससंगै हङकङमा आज कोरोना संक्रमितको संख्या २,५०६ पुगेको छ।

    शनिवार कोरोना संक्रमणबाट हङकङमा दुई जनाको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा उपचारको क्रममा ८४ वर्षीय पुरुषको मृत्यु भएको पनि अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्। उनको विहान करीव ४ बजे निधन भएको जनाइएको छ।

    यस्तै, आजै दिउसो अर्को एक ६० वर्षीय पुरुषको एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई हृदयघातका कारण शुक्रवार उनलाई अस्पताल भर्ना गरिएको थियो। तर उनमा कोरोना संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...