News Portal

  • युवाहरुको पहलमा जिर्ण बनेको विधालयमा रंगरोगन र सरसफाई

    हिमाली संचार संवाददाता
    ७३७ पटक

    २०७७ साउन १०, शनिबार
    सुर्खेत – वीरेन्द्रनगर-९ लाटीकोईलीको चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा युवाहरुले रंगरोगन गरेका छन। लाटिकोईलीमा रहेका युवाहरुको समुहले विधालयमा सरसफाई र जिर्ण भएको विधालयमा रंगरोगन गरेका हुन।

    बर्षौदेखि जिर्ण अवस्थामा रहेको विधालयलाई युवाहरुले सरसफाई र रंगरोगन गरेपछि अहिले विधालयलाई दुलही झै सिंगारीएको छ। २०४४ सालमा स्थापना भएको विधालयमा अहिले २ सय १५ जना बालबालिकाहरुले अध्ययन गर्दै आएका छन।

    रेडियो भेरीका व्यवस्थापक केशब कोईरलाको आर्थिक सहयोगमा युवाहरुले विधालयमा रंगरोगन गरिएको युवा सनम गिरीले जानकारी दिनुभयो।

    आफुहरुले गाँउटोलमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको स्थानमा सामाजिक कार्यहरु गर्दै आएको स्थानिय युवा बसन्त गिरी, सुरज केसी, अनिल दाहलले सधै लागीपर्ने प्रतिबद्धता जनाउनु भयो।

    कार्यक्रममा विधालयका प्रधानध्यापक निमबहादुर शाहले युवाहरुले सहयोग गरेको प्रति धन्यवाद दिदै उहाँहरुप्रति आभार प्रकट गर्नुभयो।

    यस्तै लाटीकोईलीका स्थानिय युवाहरुका संरक्षण नारायण विक्रम जिसीले ९ नम्बर वडामा रहेका सामाजिक सम्पदाहरुको संरक्षणमा युवाहरुले देखाएको र गरेको काम उल्लेखनिय रहेको बताउनुभयो।

    कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य पुरन शाही र टिका विकले आफुहरु चाँदनीचौकीको स्थानियपनि भएको र यो क्षेत्रका धेरै बालबालिका अध्ययन गर्ने विधालय जिर्ण भएको बेला युवाहरुले गरेको कामको प्रशंसा गर्नुभयो।

    सरसफाई कार्यक्रममा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठलगायत ९ नम्बर वडाका युवाहरुलाई सहयोग गर्न कैची ग्याङ समहुका युवाहरु पनि सहभागीता रहेको थियो।

    पछिल्लो समय ९ नम्बर वडाका युवाहरुको संक्रियतामा काँक्रेविहार संमरक्षण क्षेत्रमा जरायोको आहाराको लागी सुपरनेपिर घासँ १५ सय विरुवा वृक्षारोपन गरिएको छ।

    उनिहरुले स्थानिय शिव मन्दीरमा सरसफार्इसहित सामाजिक क्रियाकलाप गर्दै आएका छन। सरसफार्इमा सहभागी ३५ जना युवाहरुको लागी खाना खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीले गर्नुभएको थियोे।

    कार्यक्रममा विधालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलगायत स्थानियवासीहरुको पनि उपस्थित रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...