News Portal

  • विमानस्थल नियमित उडान संचालनमा जुट्यो

    हिमाली संचार संवाददाता
    ३८१ पटक

    २०७७ साउन ८, बिहीवार
    मधुजंग पाण्डे/काठमाडौं – कोरोना महामारीका कारण बन्द व्यवसायिक उडान नियमित गर्न सरकारले अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन नियमित हवाई उडान सञ्चालन तयारीमा जुटेको छ।

    आगामी १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालय महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना संक्रमण जोखिम हेरेर दैनिक १५ वटासम्म उडान भर्नसक्ने अवस्था छ।

    ‘डिपार्चर’ र ‘अराइभल’का लागि सामान्य अवस्थाभन्दा केही बढी समय लाग्ने भएकाले पहिलो चरणमा सीमित उडानबाट विमानस्थल सूचारु गरिने तयारी भइरहेको उनले बताए।

    सरकारले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आगामी १ भदौदेखि नियमित व्यवसायिक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो।

    विमानस्थलले १ भदौपछि दैनिक ‘कति उडान भर्ने ?’ भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन तर, संक्रमण जोखिम ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान भर्न सम्भव नदेखिएको केसी बताउ“छन्।

    यसैगरी, आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान भर्न सम्भव हुने उनले बताए। विदेशी यात्रुले उडान समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल पुगिसक्नुपर्नेछ।

    समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल कार्यालयमा महाप्रबन्धक केसीले स्वास्थ्य सुरक्षा अपनाउन विशेष साधनस्रोत बढाउनुपर्नेमा जोड दिए।

    विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमण जोखिम कम गर्नका लागि साधनस्रोत थप्नुपर्ने उनको माग छ। देशभित्रका अन्य आन्तरिक विमानस्थल पनि उडानका लागि तयारी अवस्थामा छन्।

    देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिने जनाइएको छ। कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका ‘पोर्टोकल’ पूर्ण रूपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको केसीको दावी छ।

    वायुसेवा सञ्चालक कम्पनीले पनि विमान सेवा सञ्चालनको सम्पूर्ण तयारी गरिसकेका छन्। सरकारले यसअघि नै कारोना जोखिम नसकिएसम्मका लागि हवाई उडान सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा निर्देशिका जारी गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...