News Portal

  • हङकङमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ५७० पटक
    २०७७ साउन ६, मगंलवार

    युवा राई, हङकङ । हङकङ कोभिड-१९ संक्रमणबाट हङकङमा मंगलवार थप दुई जनाको मृत्यु भएको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।
    मृत्यु हुने दुबै जना त्सज वान शान क्षेत्रका बासिन्दा रहेका छन्। हङकङमा दुई साताअघि कोरोना भाइरसको नयाँ लहर शुरु भएपछि कोरोनाबाट फेरी हङकङलाई नराम्रो संग अप्ठ्यारोमा पारेको छ ।

    हस्पिटल अथोरिटीका प्रवक्ताका अनुसार ७७ वर्षीय पुरुषको विहान करीव २ बजे क्वीन मेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै, ८७ वर्षीय पुरुषको बिहान करीब ३ बजे उपचारको क्रममा प्रिन्स वेल्स अस्पतालमा मृत्यु भएको छ। उनी त्सज वान शानस्थित कोङ ताई केयरमा बस्दै आएका थिए।

    हङकङमा कोरोना संक्रमितको संख्या १,९५९ पुगेको छ। कोरोना संक्रमित १,३०२ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६२ जनाको उपचार भइरहेको छ। २१ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ । हाल सम्म कोरोनाबाट हङकङमा १४ जनाको ज्यान गएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले...