News Portal

हङकङमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु

हिमाली संचार संवाददाता
६३७ पटक
२०७७ साउन ६, मगंलवार

युवा राई, हङकङ । हङकङ कोभिड-१९ संक्रमणबाट हङकङमा मंगलवार थप दुई जनाको मृत्यु भएको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।
मृत्यु हुने दुबै जना त्सज वान शान क्षेत्रका बासिन्दा रहेका छन्। हङकङमा दुई साताअघि कोरोना भाइरसको नयाँ लहर शुरु भएपछि कोरोनाबाट फेरी हङकङलाई नराम्रो संग अप्ठ्यारोमा पारेको छ ।

हस्पिटल अथोरिटीका प्रवक्ताका अनुसार ७७ वर्षीय पुरुषको विहान करीव २ बजे क्वीन मेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै, ८७ वर्षीय पुरुषको बिहान करीब ३ बजे उपचारको क्रममा प्रिन्स वेल्स अस्पतालमा मृत्यु भएको छ। उनी त्सज वान शानस्थित कोङ ताई केयरमा बस्दै आएका थिए।

हङकङमा कोरोना संक्रमितको संख्या १,९५९ पुगेको छ। कोरोना संक्रमित १,३०२ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६२ जनाको उपचार भइरहेको छ। २१ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ । हाल सम्म कोरोनाबाट हङकङमा १४ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...