News Portal

रंगेलीमा युवा क्लवद्वारा ब्याम साला संचालन

हिमाली संचार संवाददाता
७१४ पटक

२०७७ साउन ५, साेमबार
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लवद्वारा ब्याम साला (जिम खाना) सञ्चालन ल्याएकाे छ।

आज बिधिवत रुपमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले जिमखानामा रिवन काटेर उद्धाटन गरेका हुन। नगर तथा नगर बाहिर रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले नगर युवा क्लवले रंगेलीमै पहिलोपटक अत्यधुनिक सेमिनकाे प्रबिधिबाट शरीरलाई व्याम सुरु गरेको छ ।

स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाे क्लवका अध्यक्ष निरज साहले बताए। नगरपालिकाले ५ लाख रुपैयाँकाे सहयोग तथा क्लवबाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँकाे लागतमा क्लवले जिम खाना सन्चालनमा ल्याएको हाे।

कार्यक्रमकाे प्रमुख अतिथि दिलिप बगडिया, बिशिस्ट अतिथि वडाध्यक्ष रामचन्द्र मंन्डल, बुद्धिजीवी सुरेश मिश्र, मचिन्द्र कटुवाल, मनाेज अग्रवाल, सन्जिव श्रेष्ठ, मुरारी साेनि, मनाेज साहलगायतको उपस्थिति समेत रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिले भने अब सबै वडाहरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने प्रतिव्यधता जनाएका छन। यसरी युवाहरुले जिम खाना सन्चालन गरेकोमा धन्यवाद समेत दिएका छन।

उक्त जिम खानामा साईकेलिङ मेसिन, ईलाेकाेट्राेनिक साईकलिन लागायतका सामाग्रीहरुकाे माध्यमबाट शरीरलाई स्वास्थ्य राख्न ब्यामसाला सञ्चालनमा ल्याएका हुन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...