News Portal

बर्दिया निकुञ्जबाट वेपत्ता भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला

हिमाली संचार संवाददाता
४२० पटक

२०७७ साउन ४, आइतबार
सुर्खेत – चार महिना अघि बर्दियाको निकुञ्जबाट वेपत्ता भएका भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला परेको छ।

बराहताल गाउँपालिका वडा नं. १ समशेलीका ३१ बर्षीय राना गत फागुन १० गते शिकार खेल्न गएको बेला वेपत्ता भएको प्रहरीमा उजुरी परेको थियो।

चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको जनाएको छ।

आज प्रहरीले रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै वेपत्ता भएको उजुरी परेको चार महिनापछि कंकाल फेला पारिएको जानकारी दिएको छ।

सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाका श्रीमती मनरुपा रानाले आफ्नो श्रीमान शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास जारी राखेको बताउनुभयो।

असार १६ गते प्रहरी निरीक्षण गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको बताउनुभयो।

लताकपडाका आधारमा मृतकका श्रीमती र बाबुले शिवराम भएको सनाखत गरेको उहाँको भनार्इ छ। शिवरामसँगै शिकार खेल्न अन्य दुई जना यामबहादुर समशेली र सूर्यबहादुर वली गएका थिए।

रानाको कंकाल फेला परेपछि उहाँको श्रीमती मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिनुभयो।

उजुरीपछि उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइ विस्तृत अनुसन्धान थालेको छ। एसपी भट्टले प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन।

तर रानाका श्रीमती मनरुपाले भने यामबहादुर र सूर्यबहादुरले मारेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...