News Portal

वस्त्र नछोई टाडैबाट नङ्ग्याउने को हो ?

हिमाली संचार संवाददाता
६८२ पटक

२०७७ साउन ४, आइतबार

नजरको मात चढाई बङ्ग्याउने को हो
वस्त्र नछोई टाढैबाट नङ्ग्याउने को हो ?

वैँसको यो डालीभरि फूल फक्री सक्यो
भवँराझैँ भुनभुनाउँदै दङ्ग्याउने को हो ?

चञ्चले यो उमेरमा ऐनाछेउ आशन भो
यो ध्यानस्त मनलाई भङ्ग्याउने को हो ?

यौवनको तलाऊभित्र माछीजस्तै भाछु
टाँगो टाँगी बल्छीभरि टङ्ग्याउने को हो ?

चङ्गा बनी आकाश छुन उडुँ उडुँ भाछ
धागो बाँधी लटाइमा चङ्ग्याउने को हो ?

थाहा छैन कस्तो होला पिरतीको होली
लाली चोरी दिलभित्र रङ्ग्याउने को हो ?

~ प्रथा

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...