आज : २०२६-०७-१२, आइतबार

प्रदेश सांसद यामलाल कँडेलले लिएको ८ लाख तलब नियम बिपरित

२०७७ साउन ३, शनिबार
सुर्खेत – कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन्। महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो।

त्यस्तै पुर्वमन्त्री तथा प्रदेश सांसद यामलाल कँडेलले लिएको ८ लाख ४५ हजार रुपैयाँ पनि नियम विपरित देखिएको छ। प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा तोकिए भन्दा उनले दोब्बर सुविधा लिएको भन्दै महालेखाले बेरुजु भनेको छ।

२०७५ साउन १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार उनलाई प्रतिपक्ष दलको हैसियत बराबरको सुविधा दिइएको हो।

ऐन अनुसार उनले बार्षिक ८ लाख ४५ हजार रुपैयाँ पाउनुपर्छ तर मन्त्रीपरिषदले गरेको निर्णय अनुसार उनले थप ८ लाख २० हजार रुपैयाँ लिएका छन्। जसलाई महालेखाले बेरुजु देखाएको छ।