News Portal

प्रहरीद्वारा कुटिएका कोरोना संक्रमित युवकको हात भाँचियो

हिमाली संचार संवाददाता
८४६ पटक

२०७७ साउन ३, शनिबार
नगेन्द्र उपाध्याय/सुर्खेत – प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका कोरोना संक्रमित युवकलाई पाँच दिनपछि उपचार लागि अस्पताल ल्याइएको छ।

सोमबार क्वारेन्टिनभित्रै कुटिएका ३९ वर्षीय युवकलाई शुक्रबार राति कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो। कर्णाली प्रदेश अस्पतालका अनुसार कोरोना संक्रमित युवकको दायाँ हात भाँचिएको छ।

‘एक्सरे गर्दा कोरोना संक्रमित युवकको दायाँ हातको नाडी नजिकैको हड्डी भाँचिएको पाइएको छ,’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्वर खड्काले भने, ‘अप्रेशनका लागि नेपालगञ्ज रेफर गरेका छौं।

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित विरामीको अप्रेशन गर्ने व्यवस्था छैन्। ‘प्रदेश अस्पताल लेवल–२ हो, यहाँ कोरोना संक्रमितको अप्रेशनका लागि छुट्टै थिएटर छैन्,’ मेसु डा. खड्काले भने, ‘त्यसैले लेवल–३ अस्पताल नेपालगञ्जमा रेफर गरेका हौं।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनबाट आइसोलेसनमा लिने क्रममा ३९ वर्षीय कोरोना संक्रमित युवकलाई सोमबार प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए।

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक राम्रोसँग हिँडडुल गर्न पनि सक्दैनन्। हातको अप्रेशन गर्नुपर्ने भएपछि उनलाई शुक्रबार राति वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको बसपार्कस्थित आइसोलेसन सेन्टरमा राखिएको थियो।

हात भाँचिएका पीडित युवकको शरीरका विभिन्न ठाउँमा पनि चोट छ। पीडित युवकले विना कारण आफुलाई प्रहरीले कुटपिट गरेको बताए।

‘भारतबाटसँगै आएका साथीहरुमा कोरोना नदेखिएपछि घर जाने तयारीमा थिए, उनीहरुसँग गेटमा कुरा गरिरहेका बेला प्रहरीले कुटपिट गर्यो,’ पीडित युवकले भने, ‘उपचार गरिदिन पटकपटक आग्रह गर्दा पनि सुनुवाई भएन्।

क्वारेन्टिनमा कोरोना संक्रमित युवक प्रहरीबाट कुटिएको घटना नागरिकले सार्वजनिक गरेपछि ढिलै भएपनि उनलाई अस्पतालसम्म ल्याइएको हो।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीकै रोहवरमा पीडित परिवार र प्रहरीबीच कोरोना सन्चो भएपछि उपचार गराउने सहमति गरेर उनलाई बागेश्वरी माविको आइसोलेसनमा राखिएको थियो।

पाँच दिनसम्म पीडित युवकलाई उपचार नगरेरै राखिएको थियो। कुटपिट घटना सार्वजनिक हुने डरले प्रहरीलेनै उनलाई उपचारका लागि बाहिर लिन मानिरहेको थिएन्।

अधिकारवादी संघसंस्थाहरुको दवावमा प्रहरीले ढिलो गरेर उनलाई अस्पतालसम्म पुर्याएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले पीडितको उपचार सुरु गरिएको बताए।

इलाका प्रहरी कार्यालय बादेपिपलबाट हामीलाई सुरुमा गलत सुचना प्रवाह भयो,’ उनले भने, ‘बुझ्दै जाँदा घटना गम्भीर देखिएपछि पीडितलाई ल्याएर उपचार सुरु गरेका हौं। उनले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक पुनलाई क्वारेन्टिनमा राखेर छानविन भइरहेको बताए।

‘घटनाको छानविनका लागि प्रहरी निरीक्षकको कमाण्डमा पाँच सदस्यीय छानविन समिति गठन गरेका छौं, पीडितको उपचार पनि सुरु भएको छ,’ एसपी भट्टले भने, ‘समितिको प्रतिवेदनका आधारमा कुटपिटमा संलग्नलाई कारवाही अघि बढाउँछौं।’

उनले गलत सुचना दिने बादेपिपलका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर क्षेत्रीलाई पनि विभागीय कारवाही गर्ने बताए।

भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका कोरोना संक्रमितलाई कुटपिट गर्नु गम्भीर गल्ती हो,’ एसपी भट्टले भने, ‘कुटपिटमा संलग्नलाई गल्ती अनुसारको सजाय दिन्छौं।

इलाका प्रहरी कार्यालय बादेपिपलका निमित्त प्रमुख क्षेत्रीले गाउँपालिका अध्यक्षको रोहवरमा कोरोना सन्चो भएपछि पीडितको उपचार गरिदिने र पीडित परिवारलाई केही राहत दिने मौखिक सहमति भएको बताए।

क्वारेन्टिन सुरक्षामा खटिएका प्रहरीबाट कुटपिट भएकाले गाउँपालिकासँग समन्वय गरेर कोरोना निको भएपछि पीडितको उपचार गरिदिने र पीडित परिवारलाई केही राहत दिने मौखिक सहमति भएको हो,’ उनले भने, ‘अहिले जिल्लाबाटै घटनाको छानविन चलिराखेकाले धेरै कुरा भन्न मिल्दैन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...