News Portal

कैलालीका दुई वटा नगरपालिकाको २६ किलोमिटर सडक कालोपत्र हुने

हिमाली संचार संवाददाता
४६२ पटक
२०७७ साउन ३,शनिवार

काठमाण्डौ । कैलालीका दुई नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ। क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सम्झौता गरिएको हो ।

धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको सो एकाइले जनाएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चितवनको कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको आयोजना कार्यान्वयन एकाइका व्यवस्थापक परिचित कडरियाले बताए। उहाँका अनुसार धनगढीमा पहिलो चरणअन्तर्गत १० किमीका सात वटा सडक ६८ करोड पाँच लाख ९८ हजार रूपैयाँमा निर्माण गर्ने गरी सम्झौता भएको छ।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किमी, गुल्म–चर्च सडक दुई दशमलव सात किमीको, जाखोर ताल सडक ७०० मिटर, क्याम्पस गेट–चटकपुर सडक तीन दशमलव ६५ किमी, धनगढी-खुटिया-स्याउले सडक ८७० मिटर, मालपोत सडक ४३० मिटरको र हसनपुर सडक एक दशमलव १५ किमीको कालोपत्र गरिने जनाइएको छ।

एकाइका अनुसार धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्र गर्ने योजना रहेकामा पहिलो चरणमा सात सडक मात्र कालोपत्र हुनेछ। कैलालीको गोदावरीमा लागू भएको आयोजनाअन्तर्गत ४८ करोड बढी लागतमा निर्माण हुने १६ किमी सडक दुई वर्षभित्र कालोपत्र गर्न शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको छ।

सम्झौताअनुसार गेटा आँखा अस्पताल–लालपुर, गेटा आँखा अस्पताल–जोनापुर सडक, लालपुर–गौडी सडक, कत्था फ्याक्ट्री सडक, अत्तरिया–नमस्ते होटेल जाने सडक, चौकीडाँडा–चाक्ले खोला सडक कालोपत्र हुनेछ। सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागू भएको जनाइएको छ। रासस 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...