News Portal

सिद्धार्थ राजमार्ग खुल्यो 

हिमाली संचार संवाददाता
२७२ पटक
साउन २ शुक्रबार २०७७

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बिहानैदेखि अवरुद्ध सडक सुचारु भएको छ । दुवैतर्फबाट सडक डिभिजन पाल्पाले पहिरो सफा गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उनका अनुसार माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन ढिलाइ भएको हो ।

पहिरो सफा गरेपनि जोखिम भने कायमै रहेको उनले बताए । उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पााच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।

प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीका अनुसार जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै छ । ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने रातिको यात्रा कठिन हुनसक्छ ।’ दुई वर्षअघि यही स्थानमा माथिबाट पहिरो खस्दा कार दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

वर्षासागै राजमार्गको दोभान बजार नजिकै पैठेडााडामा लेदोसहितको पहिरो खसेका कारण बन्द भएको सडक पनि सुचारु भएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । पााच दिन अघि पनि सोही ठाउामा पहिरो खसेर तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...