News Portal

जनकपुरमा खानेपानी मन्त्रीको पुत्ला दहन

हिमाली संचार संवाददाता
३३५ पटक
साउन २ शुक्रबार २०७७

जनकपुर मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन्

शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी लगाउँदै खानेपानी मन्त्री मगरको पुत्ला जलाएका हुन्

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो सरकारको लापरवाहीका कारण उनको मृत्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पुत्ला जलाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए

नले मृतकको परिवारलाई क्षतिपूर्ती न्यायाका लागि घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग समेत गरे मेलम्चीको निर्माण कमसल गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको उनको भनाइ  

मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा जना बेपत्ता भएका थिए बेपत्ता भएका मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न बजे फेला परेको थियो भने चालकको शव अझै बेपत्ता फेला परेको छैन

उनको शव मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको

सुरुङ निरीक्षण गरेर फर्किने क्रममा सुरुङको १७ नम्बर गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए  प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले यस्तो कार्य भएको भन्दै उनी विरुद्ध समेत चर्को नारावाजी गरेको थियो

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...