News Portal

हङकङमा आज फेरी ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,७१४ पुग्यो

हिमाली संचार संवाददाता
५४६ पटक
२०७७ साउन २,शुक्रवार

युवा राई, हङकङ । हङकङमा आज शुक्रवार थप ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शुक्रवारको न्युज ब्रिफिङमा ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । आजको संक्रमित संगै हङकङमा कोरोना संक्रमितको संख्या १,७१४ पुगेको छ।

डा. शुक वानले संक्रमितमध्ये ८ जना आयातित र ५० जना स्थानीय संक्रमित रहेको बताइन्। आयातित ८ जना भारत, फिलिपिन्स र पाकिस्तानबाट हालै हङकङ फर्केकाहरुमा संक्रमको लक्षण देखिएको हो । 

कोरोना संक्रमितहरुमा १,२६४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३७५ जनाको उपचार भइरहेको छ। ८ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको अधिकारीले जनाइएको छ। हाल सम्म नोवेल कोरोनाबाट हङकङमा १० जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...