News Portal

धरानको बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण

हिमाली संचार संवाददाता
४१३ पटक
२०७७ साउन २, शुक्रवार

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानको वडा नं १८ बुद्धचोक स्थित किरातीहरुको महत्वपूर्ण मानिएको विशेष साँस्कृतिक सामग्री चिण्डोको प्रतिमा स्थापना गरेका छन् । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सडकखण्ड पर्ने बुद्ध चोकमा बुधबार एक विशेष कार्यक्रमबीच भाषाविद् प्रा.डा.टंक न्यौपानेको विशेष उपस्थितिमा चिण्डोको प्रतिमा अनावरण गरेका हुन ।

चिण्डो निर्माण गर्न करिब १४ लाख लागत रहेको थियो । यसका लागि स्थानीय दाता र वडा कार्यालयको बजेटबाट यो प्रतिमा बनेको हो । कलाकार महेन्द्र राईले बनाएको चिण्डो फ़ाइबर जस्ता सामाग्री प्रयोग गरेर बनाएका हुन् । यसको ५ फिट ४ इञ्च, ९ फिट अग्लो उचाई रहेको छ ।

चिण्डोको वरीपरी चारैतिर किराती सँस्कृती झल्काउने यलम्बर, सुम्निमा-पारुहाङ, साकेला नाच, च्याब्रुङ नाच, ढोल झ्याम्टा, सिलिमा पोमीलगायत सँस्कृति झल्काउने बस्तु जस्ता महत्वपूर्ण कला कुदिएका छन् । चिण्डो किरातीहरुको सम्पूर्ण कार्यहरुमा आवश्यक पर्ने महत्वपूर्ण सामग्री हो । किरातीहरुले चिण्डोभित्र चोखो रक्सी राखेर आफ्नो महत्वपूर्ण संस्कारमा प्रयोग गर्छन् । चिण्डोको अनावरण अघि विधिवतरुपमा किरात संस्कार अनुसार मुन्धुम विधि गरिएको थियो । मुन्धुम विधि गर्ने नाक्छोलाई किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव शुभचन्द्र राईले फेटा गुथेर सम्मान समेत गरेका थिए, फेटा किरात समुदायको उच्च सम्मान हो । 

कार्यक्रममा प्रमुख अतिथि डा.न्यौपानेका अनुसार चिण्डो प्राचीन किराती सँस्कृति, सँस्कृतिको संरक्षण साथै संस्मरण पनि गराएको बताए । बहुसंस्कृतिमा मात्र राष्ट्रियता झल्कने डा.न्यौपानेको भनाई थियो । ‘साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोलाई लिन सकिन्छ । 

नगरका मेयर तिलक राईले पनि सबैको संस्कार, सँस्कृतिलाई समानरुपमा सम्मान गरिने बताए । विगतमा बुद्धचोकमा बुद्धको मुर्ति राख्ने भन्दा बौद्ध धर्मावलम्बीबाट नै फोहोर मैला र अशुद्ध हुने भएको कारण राख्न नहुने सल्लाह आएकाले वहाँहरु पछि हटेको उनको भनाई थियो । ‘म पनि यही बुद्धचोकमा जन्मिए, हुर्किए । मलाई अगाध माया, स्नेह छ,’चोकको नाममा भएको विवादबारे लक्षित हुदै उनले भने,‘बुद्धको मुर्ति हटाएर वाबु राखिएको होइन । सबैको संस्कार, सँस्कृतिलाई उतिकै मान-सम्मान गर्नुपर्छ, र गछौं ।’

यस प्रतिमा निर्माण समितिका अध्यक्ष बृष चाम्लिङ राईका अनुसार चोकमा चिण्डो निर्माण स्थापना गर्नेबारे २०७० सालदेति नै स्थानीयबासीहरुमा छलफल भएको थियो । स्थानीय दाता स्वर्गीय नरप्रसाद राईको परिवारबाट पनि सहयोग भएको जानकारी समेत दिएको थिए । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...