News Portal

जनसम्पर्क समिति बेलायतकी उपसभापतिको पहलमा ताप्लेजुङका अग्नी पीडितलाई राहत

हिमाली संचार संवाददाता
७१८ पटक

२०७७ साउन १, बिहीबार

लण्डन – ताप्लेजुंगको फुङलिङ बजारमा गत वैशाख २९ गते राति भएको आगलागीका पीडितहरुलाई नेपाली जनसम्पर्क समिति बेलायतकी उपसभापति कोपिला सुब्बाको पहलमा राहत वितरण गरिएको छ।

नेपाली काँग्रेस ताप्लेजुङकी सभापति लीलादेवी बोखिमकाे समन्वय तथा सम्पर्क समितिकी उपसभापति सुब्बाको व्यक्तिगत पहलमा बेलायतमा संकलन गरिएको ४ लाख ४ हजार रुपियाँ सोमबार ताप्लेजुङमा हस्तान्तरण गरिएको सुब्बाले बताएकी छिन्।

आगलागीमा भएको क्षतिका आधारमा पीडितहरुलाई नगद राहत वितरण गरिएको थियो । जसमा नेत्रप्रसाद कार्कीलाई ८० हजार,  चन्द्रप्रसाद निरौलालाई ४० हजार हस्तान्तरण गरिएको छ भने ठगबहादुर कार्की र नारायण भट्टराईलाई १६/१६ हजारको दरले, सुधीर सिग्देल, टामन भन्डारी, चन्द्रमाया लेछर्बो र राम शाहलाई १०/१० हजारको दरले, संगीता हेल्लोकलाई ६ हजार र अन्य बाँकी परिवारलाई ५ हजारको दरले राहत प्रदान गरिएको छ।

आगलागीमा क्षति भएका बाँकी तीन टीकाराम गुरूंग, मंगलसिंग मेन्यांबो र बालमणि बरालले राहत नलिएकोले सो राहत सिवाका अग्नी पीडित सन्तोष काम्बाङलाई उपलब्ध गराइने भएको छ।

राहत वितरण कायर्क्रममा नेपाली कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, जिल्ला सदस्य अमिर मादेन, निवर्तमान जिल्ला सभापति केशव दाहाल, फुङलिङ नगरपालिका ३ नम्बर वडाध्यक्ष युवराज बराल, ५ नम्बर वडाध्यक्ष भीमादेवी ओझा, ८ नम्बर वडाध्यक्ष पदम पालुंवा, ६ नम्बर वडा सदस्य प्रमिला गुरूंग, क्षेत्रीय उपसभापति नरेन्द्र कटुवाल लगायतको उपस्थिति थियो।

गत वैशाख २९ गते राति ट्याक्सी काउण्टरबाट शुरु भएको आगलागीबाट आठ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने केही घरमा आंशिक क्षति भएको थियो। आगलागीमा ७ करोड ३५ लाख रकम बराबरको क्षति भएको थियो।

हाल बेलायत निवासी समाजसेवी कोपिला सुब्बाले राहत संकलनमा सक्रिय भूमिका निर्वाह गर्नुहुने दोर्जे सेर्पा लेलेप, प्रतीक्षा राई, कुन्जारी बोखिम, मोहन कांभा बोखिम, दीपिका श्रेष्ठ कांभा फुङलिङ, इन्द्रमान गुरूंग लगायतको नाम भुल्नै नहुने बताएकी छिन्।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...