News Portal

जनसम्पर्क समिति बेलायतकी उपसभापतिको पहलमा ताप्लेजुङका अग्नी पीडितलाई राहत

हिमाली संचार संवाददाता
६६३ पटक

२०७७ साउन १, बिहीबार

लण्डन – ताप्लेजुंगको फुङलिङ बजारमा गत वैशाख २९ गते राति भएको आगलागीका पीडितहरुलाई नेपाली जनसम्पर्क समिति बेलायतकी उपसभापति कोपिला सुब्बाको पहलमा राहत वितरण गरिएको छ।

नेपाली काँग्रेस ताप्लेजुङकी सभापति लीलादेवी बोखिमकाे समन्वय तथा सम्पर्क समितिकी उपसभापति सुब्बाको व्यक्तिगत पहलमा बेलायतमा संकलन गरिएको ४ लाख ४ हजार रुपियाँ सोमबार ताप्लेजुङमा हस्तान्तरण गरिएको सुब्बाले बताएकी छिन्।

आगलागीमा भएको क्षतिका आधारमा पीडितहरुलाई नगद राहत वितरण गरिएको थियो । जसमा नेत्रप्रसाद कार्कीलाई ८० हजार,  चन्द्रप्रसाद निरौलालाई ४० हजार हस्तान्तरण गरिएको छ भने ठगबहादुर कार्की र नारायण भट्टराईलाई १६/१६ हजारको दरले, सुधीर सिग्देल, टामन भन्डारी, चन्द्रमाया लेछर्बो र राम शाहलाई १०/१० हजारको दरले, संगीता हेल्लोकलाई ६ हजार र अन्य बाँकी परिवारलाई ५ हजारको दरले राहत प्रदान गरिएको छ।

आगलागीमा क्षति भएका बाँकी तीन टीकाराम गुरूंग, मंगलसिंग मेन्यांबो र बालमणि बरालले राहत नलिएकोले सो राहत सिवाका अग्नी पीडित सन्तोष काम्बाङलाई उपलब्ध गराइने भएको छ।

राहत वितरण कायर्क्रममा नेपाली कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, जिल्ला सदस्य अमिर मादेन, निवर्तमान जिल्ला सभापति केशव दाहाल, फुङलिङ नगरपालिका ३ नम्बर वडाध्यक्ष युवराज बराल, ५ नम्बर वडाध्यक्ष भीमादेवी ओझा, ८ नम्बर वडाध्यक्ष पदम पालुंवा, ६ नम्बर वडा सदस्य प्रमिला गुरूंग, क्षेत्रीय उपसभापति नरेन्द्र कटुवाल लगायतको उपस्थिति थियो।

गत वैशाख २९ गते राति ट्याक्सी काउण्टरबाट शुरु भएको आगलागीबाट आठ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने केही घरमा आंशिक क्षति भएको थियो। आगलागीमा ७ करोड ३५ लाख रकम बराबरको क्षति भएको थियो।

हाल बेलायत निवासी समाजसेवी कोपिला सुब्बाले राहत संकलनमा सक्रिय भूमिका निर्वाह गर्नुहुने दोर्जे सेर्पा लेलेप, प्रतीक्षा राई, कुन्जारी बोखिम, मोहन कांभा बोखिम, दीपिका श्रेष्ठ कांभा फुङलिङ, इन्द्रमान गुरूंग लगायतको नाम भुल्नै नहुने बताएकी छिन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...