News Portal

शिबसताक्षीको मंगलबारे बजारमा रात्रीकालिन सडक बत्ति

हिमाली संचार संवाददाता
४१९ पटक
२०७७ साउन १, बुधवार

नविन माबो, झापा । झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरेका छन् । सडक बक्ति जडान भएसंगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने,  स्थानीय व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको शिबसताक्षी-२ का अध्यक्ष,बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङका अनुसार सडक बक्ति जडान भएपछि मंगलबारे बजारको मुहार उज्यालो भएको जानकारी दिएका हुन् । 

बजार क्षेत्रका शिबसताक्षी नगरपालिका वडा नं २ मंगलबारे वडा कार्यालयको रु ३ लाख ५० हजार र उपभोत्ता समितिको रु १८ हजारसहित जम्मा रु ३ लाख ६८ हजारको लागतमा मंगलबारे बजारमा १७ वटा सडक बक्ति जडान गरिएको हो ।

बजारमा फोहोर संकलन लागि डसबिन, बिभिन्न प्रजातिका रुख बिरुवाहरु बृक्षरोपण, रात्रिकालिन बक्ति जडानसँगै बजारको एउटा टहरामा भुई ढलान गरिएको, बजारको नालीमा धकन लगाइएको र इलेक्ट्रिक कक्ष निर्माण भएको अध्यक्ष नेम्बाङले जानकारी दिएका छन् । 

अध्यक्ष नेम्बाङका अनुसार यसअघि, प्रदेश १ सरकार अन्तर्गत झापा क्षेत्र नं ४ (क) अन्तर्गतका प्रदेशसभा सदस्य झलकसिंह दर्लामी मगरको तर्फबाट र शिबसताक्षी नगरपालिकाका वडा कार्यालयको बजेटले बजारमा टायल बिछ्याइएको थियो । त्यस्तैं, साप्ताहिक लाग्ने हाँट–बजार निर्माण गर्नुका साथै बजारमा रहेको टहरामा जस्तापातालाई रङ्गरोगन गर्नुका साथै पशुबधशाला निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...