News Portal

शिबसताक्षीको मंगलबारे बजारमा रात्रीकालिन सडक बत्ति

हिमाली संचार संवाददाता
४५९ पटक
२०७७ साउन १, बुधवार

नविन माबो, झापा । झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरेका छन् । सडक बक्ति जडान भएसंगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने,  स्थानीय व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको शिबसताक्षी-२ का अध्यक्ष,बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङका अनुसार सडक बक्ति जडान भएपछि मंगलबारे बजारको मुहार उज्यालो भएको जानकारी दिएका हुन् । 

बजार क्षेत्रका शिबसताक्षी नगरपालिका वडा नं २ मंगलबारे वडा कार्यालयको रु ३ लाख ५० हजार र उपभोत्ता समितिको रु १८ हजारसहित जम्मा रु ३ लाख ६८ हजारको लागतमा मंगलबारे बजारमा १७ वटा सडक बक्ति जडान गरिएको हो ।

बजारमा फोहोर संकलन लागि डसबिन, बिभिन्न प्रजातिका रुख बिरुवाहरु बृक्षरोपण, रात्रिकालिन बक्ति जडानसँगै बजारको एउटा टहरामा भुई ढलान गरिएको, बजारको नालीमा धकन लगाइएको र इलेक्ट्रिक कक्ष निर्माण भएको अध्यक्ष नेम्बाङले जानकारी दिएका छन् । 

अध्यक्ष नेम्बाङका अनुसार यसअघि, प्रदेश १ सरकार अन्तर्गत झापा क्षेत्र नं ४ (क) अन्तर्गतका प्रदेशसभा सदस्य झलकसिंह दर्लामी मगरको तर्फबाट र शिबसताक्षी नगरपालिकाका वडा कार्यालयको बजेटले बजारमा टायल बिछ्याइएको थियो । त्यस्तैं, साप्ताहिक लाग्ने हाँट–बजार निर्माण गर्नुका साथै बजारमा रहेको टहरामा जस्तापातालाई रङ्गरोगन गर्नुका साथै पशुबधशाला निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...