News Portal

नेपालको एक मात्र संरक्षित क्षेत्र क्राकेबिहार संरक्षणमा जुटे स्थानिय

जरायोको आहाराकालागि सुपर नेपियर घाँस रोपियो

हिमाली संचार संवाददाता
७८६ पटक

२०७७ असार ३१, बुधबार
वीरेन्द्रनगर – नेपालको एक मात्र संरक्षित क्षेत्र र बिश्व संम्पदा सूचिमा सूंचिकृत सुर्खेतको क्राकेबिहार क्षेत्रमा जरायोलाई लक्षित गरेर सुपर नेपियर घाँस रोपिएको छ।

बीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा जन्ती साल क्षेत्रमा १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो।

चारैतिर आवादी रहेको चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो।

रेडियो भेरिका केशव कोइरालालले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँच सय बिरुवा सहयोग गरेको अर्का युवा सनम गिरीले बताउनु भयो।

तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन। वडाध्यक्ष सुरेश मान्नधर, ॠषि गिरि, नारायण जिसी, मेघराज गिरी केशव गिरी तारा राष्कोटी लगाएतले संयुक्त रुपमा बिरुवा रोप्नु भएको हो।

कार्यक्रममा वडाध्यक्ष सुरेश मान्नधरले यो वर्ष काक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भएको छ।

यसले चरिचरणकालागि जरायो लगाएतका वन्य जन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास गरिएको बताउनु भयो।

यसैगरी ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनु भयो। संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनार्इ छ।

स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगार्इएको बताउनु भयो। उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताउनु भयो।

कार्यक्रममा काक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ कुन्ति पन्त लगाएतका महिलाको पनि सहभागिता रहेको थियो।

यस्तै शिसान्त गिरि,अनमोल श्रेष्ठ, अनिल दाहाल, रमेश थापा, सुरेश महतरा, नवराज कार्की, प्रदिप रोकाय, नविन गिरि, रोशन कालीराजलगायत संरक्षणमा जुटेका युवाका साथै हाम्रो समाज लाटीकोइलीका प्रतिनिधिहरुको पनि उलेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा रमेश गिरी हेमन्त गिरी राजन गिरी पद्मा गिरी लगाएत यातायात तथा खाजा र पानीको सहयोग गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...