News Portal

  • व्यवसायीहरुले मुख्यमन्त्री शाहीलाई बुझाए मागपत्र

    हिमाली संचार संवाददाता
    ३६१ पटक

    २०७७ असार २९, सोमबार
    सुर्खेत – आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रेका सुर्खेतका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन।

    उनीहरुले २७ बुँदे मागपत्रसहित साङ्केतिक साँचो पनि बुझाएको बताएका छन। आज बजार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले ठाउँठाउँमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानरसमेत टाँसेका छन्।

    संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले बन्दाबन्दी खुलेको एक हप्तामै बैंकको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको दाबी गरेका छन। सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज तिर्न भनेको उनीहरुको गुनासो छ।

    सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीले चेतावनी दिएका छन्।

    बीरेन्द्रनगरमा भएको विरोध सभामा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बन्दाबन्दीले थला परेका व्यवसायीहरुलाई बैंकबाट व्याज तिर्न दवाव आएको बताउनु भयो।

    उहाँले व्यवसायीले व्याज तिर्ने भन्दै यसकालागि केहि समय पर्खनुपर्ने बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...