News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जातको पहाड!

    बलराम तिमल्सिना
    ४६२ पटक
    २०७७ आषाढ २९,सोमवार

    पृथ्वी नारायण शाह नरभूपाल शाहको छोरा नभै विसे नगर्चीको छोरा भएर जन्मिएका भए उनको नाम पृथ्वी नारायण नभएर पुर्खे नगर्ची या यस्तै केही हुने थियो । उनको दिमागमा जीन्दगीमा एक दिन राजा बन्ने कुरा सपनामा पनि आउने थिएन । बरु आफ्ना बाबुले गरेको पेशालाई निरन्तरता दिने कुरा मात्रै आउथ्यो होला ? एउटा दलितको छोराले राजा हुने कल्पना गर्नु आफैमा धर्म र परम्पराका विरुद्धको अपराध हुन जान्थ्यो ।

    भानुभक्त कुनै आचार्य बाहुनको छोरो भएर जन्मेको नभै कुनै दलित परिवारमा जन्मेका भए उनको नाम भक्ते दमाई या भुक्के सार्की हुने थियो होला ? बानारस गएर पढ्ने र संस्कृत भाषाको महाकाव्यलाई खस भाषामा उल्था गर्ने अवसर उनलाई मरिगए प्राप्त हुने थिएन। बढीमा उनी तनहुको कुनै गाउँका सिपालु दमाई बनेर मर्ने थिए । लेख नाथ पौडेल कुनै दलित कुलमा जन्मेका भए उनको नाम लिखे सार्की हुने थियो होला । कवि शिरोमणी बन्ने सौभाग्य उनलाई कतैबाट प्राप्त हुने थिएन। लक्ष्मी प्रसाद देवकोटा दरवारीया पण्डितका छोरा तथा कोर काठमाण्डौमा घर भएका अभिजात वर्गका छोरा नभएका र कुनै दलितका सन्तान भएका भए अंग्रेजी फरर बोल्ने औकात त परै जावस साउँ अक्षर फरर फुटाएर पढ्ने अवस्था पनि बन्ने थिएन ।उनको नाम पनि लछ्छे सार्की या यस्तै हुने थियो होला ।

    राणा परिवारको शान मान र सुविधा नपाएका भए वालकृष्ण सम कुनै हली गोठाला या भरिया पनि हुन सक्थे । हालका “राष्ट्र कवि” माधव प्रसाद घिमिरे पहाडे बाहुनका छोरा नभएर मधेशको डुमको छोरा भएका भए आफ्नी श्रीमती मर्दा खण्ड काव्य लेख्ने ज्ञान, सुविधा र समय केही पनि हुने थिएन। अरु त अरु सताव्दि पुरुष भनिएका  सत्य मोहन जोशी नेवार समुदायकै पोडे जातमा जन्मेका भए हालत योभन्दा ठीक उल्टो हुने थियो । आदि कवि, कवि शिरोमणी, महाकवि, इतिहास शिरोमणी, युवा कवि, युग कवि, राष्ट्र कवि जस्ता सबै पदवीहरू एउटै जातमा कसरी पर्न पुग्यो ? के त्यो समयमा बाहुनहरू सबैभन्दा चलाख, अध्ययनशील र सिर्जनशील थिए अनि अरु जातकाहरू अल्छी र बुद्धु थिए भनेर भन्दा सही उत्तर हुन्छ ? पक्कै हुदैन। बरु ज्ञान आर्जनमाथिको एउटा खास जातिको अविछिन्न एकाधिकारको कारणले अन्य जातिका सदस्यहरूले त्यो अवसर नै नपाएका कारणले त्यस्तो बन्न पुग्यो । 

    “आदि कवी, कवि शिरोमणी, महाकवि, इतिहास शिरोमणी, युवा कवि, युग कवि, राष्ट्र कवि जस्ता सबै पदवीहरू एउटै जातमा कसरी पर्न पुग्यो ? के त्यो समयमा बाहुनहरू सबैभन्दा चलाख, अध्ययनशील र सिर्जनशील थिए अनि अरु जातकाहरू अल्छी र बुद्धु थिए भनेर भन्दा सही उत्तर हुन्छ ?”

    इतिहासमा राजाहरू किन सवै एउटै जातिका भए । किन राजाका जेठा छोरा मात्रै भए ? अनी छोरी नभएर छोरा मात्रै भए । किन अन्य श्रीमतीपट्टिबाट जन्मेकाहरू सबैभन्दा जेठा भए पनि भित्रिनीपट्टिबाट जन्मनेहरू मात्रै भए ? के देश भरीका सवै जनतामध्ये सबैभन्दा चतुर, सबैभन्दा, शाहसी, सबैभन्दा दूरदर्शी र सवैभन्दा उदार मान्छे राजा भएको हो त ? पक्कै होइन। देशको जनसंख्याभित्रको सबैभन्दा खराव प्राणी भए पनि राजाको जेठो छोरो भएपछि स्वत: राजा हुने परम्पराले इतिहासमा लामो समय शासन गर्यो। जति राजा भए ती क्षेत्रीबाट मात्रै हुने किन भयो ? प्रधानमन्त्री, प्रधान सेनापती, आइजिपीहरू प्राय अहिले पनि क्षेत्री हुने, प्रधान न्यायधीश, मुख्य सचिव आदि प्राय बाहुन हुने कसरी भयो ? छन्द कविताका नाम चलेका कविहरू शतप्रतिशत बाहुन र त्यसमा पनि उपाध्याय भनिनेहरूबाट हुने परिघटना कसरी भयो ? किन राई लिम्वू, तामाङ, मगर या दलितबाट एउटा पनि मान्छेले भारतीय छन्दमा एउटा माहाकाव्य लेख्न संभव भएन ? किन आजसम्म एउटा पनि प्रधानमन्त्री जनजातीबाट भएन ? किन एउटा पनि प्रधान सेनापती मधेशीबाट भएन ? किन आज पनि मन्दिरको पूजारीको दरबन्दी खुल्दा जात तोकेर खुल्छ ? किन पशुपतिको मूल भट्ट नेपालीले नभएर अझ शुद्ध भनिएको भारतीय बाहुन चाहिन्छ ? यी यस्ता प्रश्नहरू धेरै छन् । जिन प्रश्नको सही जवाफ नदिई लोकतन्त्रको जति भाषण गरे पनि त्यो भाषण पाखण्ड मात्र बन्न पुग्छ ।

    लोकतन्त्र भनेको जातको आधारमा प्रवेश निषेध गरिएका अवसरहरूसम्म निषेधित समुदायलाई पुर्याउने आन्दोलन पनि हो । हामीले आज हेर्दा पनि प्राय राजनीतिक दलका मुख्यालयहरूमा बाहुन र क्षेत्रीहरूको बर्चश्व छ। ती जातिबाट पनि पुरुषहरूको मात्र दवदवा छ। ती जातीहरूमा पनि पहाडेहरूको मात्र एकाधिकार छ। राजावादी भन्नुस , लोकतान्त्रिक भन्नूस या वामपन्थी भन्नुस हरेक दलमा पहाडका बाहुन र क्षेत्री जातका भालेहरू मात्र बासिरहेको देखिन्छ । यो पहाडलाई डाइनामाइट लगाएर नभत्काइकन ल्याइने लोकतन्त्र, समाजवाद या साम्यवाद त्यो जे नाम दिए पनि त्यो बाहुन क्षेत्रीवाद, पहाडवाद, र भालेवाद र पूँजीवाद मात्र बन्ने छ। हो मुख्य कुरा वर्ग हो । तर वर्ग निर्माण गर्ने आर्थिक हैसियत प्राप्त गर्न हजारौं वर्षदेखि जात र लिंगका जुन तगाराहरू तेर्स्याइएका छन् ती तगाराहरूको कारणले एकथरीका वर्ग संभ्रान्त सम्म उठ्न सहज भयो भने अर्को थरिको वर्ग निम्न मध्यममा उठ्न पनि नदिने गरी प्रतिबन्धित गरेपछि वर्गको निर्माणमा जात व्यवस्थाले मुख्य भूमिका खेल्यो। त्यसैले वर्गीय असमानता हटाउने कुरा गर्ना साथ बर्ग निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको जातको पहाडलाई ढाल्नै पर्ने भयो।

    हाम्रा कैयन साथीहरू जो आफूलाई वामपन्थी भन्न रुचाउँछन् , ती साथीहरू जातका कुरा उठाएपछि एक्कासी उत्तेजित बन्छन् र भन्छन्- भो भो यो जातका कुरा नगरौं, वर्गका कुरा गरौं। यसो भन्नेहरू आफैंमा वेइमान पनि हुदैनन्। कम्युनिष्ट आन्दोलनमा उनीहरूले सिकेकै ‘मुख्य कुरा वर्ग’ भन्ने हो। यो मुख्य कुरा वर्ग भन्ने कुरा कम्युनिष्ट आन्दोलनमा यसरी गाडिएर बस्यो कि यसले वर्ग बाहेकका समस्यालाई यसरी न्युनिकरण गर्यो कि ती खास केही पनि होइनन् भन्ने मात्र होइन, अझ ती प्रश्नहरू उठाउनु भनेको वर्गीय सोचका विरुद्धको साम्राज्यवादी घुषपैठीया सोच हो भनेर नकार्ने काम गरिरह्यो । यसरी नेपालको कम्युनिष्ट आन्दोलन समाजको एउटा असाध्यै पुरानो, असाध्यै महत्वपूर्ण तथा जटील प्रश्नबाट भागिरह्यो । जसका कारणले आन्दोलन अन्तत: आधारभूत वर्गबाटै भागेर पूँजिपती वर्गको हली गोठालो बन्न पुग्यो । कम्युनिष्ट आन्दोलनले नै सही तरिकाले नहेरेपछि स्वभाविक रुपमा साम्राज्यवाद त्यसपछि आयो र आफ्नो खेतीपाती शुरु  गर्यो ।

    बलराम तिमल्सिना, भक्तपुर 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...