News Portal

१५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

२८१ पटक

काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन हाल अध्ययनमा राखेको छ। प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० र पछि पाँच दलले आवेदन दिएका थिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रक्रिया पूरा भएका दलको आवेदन स्वीकृत हुनेछ। धरान उपमहानगरका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी, दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी र हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले आवेदन दिइसकेका छन्।

दल दर्ताका लागि आयोगले संविधान, राजनीतिक दल ऐन र नियमावली अनुसार विधान, घोषणापत्र, चुनाव चिन्ह, झण्डा, केन्द्रिय समितिका सदस्य विवरण र आय श्रोतसम्बन्धी कागजात आवश्यक पर्ने जनाएको छ।

निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते सूचना प्रकाशित गर्ने तयारी गरेको छ। यसपछि मात्र नयाँ दलले समानुपातिक निर्वाचन प्रणालीका लागि दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

सरकार र दलबीचको संवाद पनि जारी छ। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलसँग राजनीतिक वातावरण र निर्वाचन तयारीको विषयमा छलफल गरेकी छन्। नेकपा (माओवादी केन्द्र) निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने नेकपा (एमाले) प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिइरहेको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अर्को साता बस्ने तयारीमा छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...