News Portal

जुम्लामा  पनि सलह

हिमाली संचार संवाददाता
३३८ पटक

जुम्ला -जुम्लामा पनि सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह जुम्लामा पनि पुगेको हो ।

यहाँको पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीयले बताएका छन् ।

सलहले मकै,गहुँ र आलु बारीमा क्षति पुर्‍याएको छ । जताततै सलह किराको झुण्ड देखिन्छ । सलहले घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।

शुरुशुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावतले बताए ।

सलहले आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनले बताए ।

‘सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्’, ‘उनले भने, ‘तैपनि सलह भाग्दैनन् ।अहिले किसान तनावमा छन् ।’

यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने अनेक प्रयास गरिएपनि नसकिएको बताए ।

पातारासीमा पहिलोपटक सलह देखिएको उनले जानकारी दिए । ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, विषादी प्रयोग गर्ने,लसुन पानी उमालेर छर्ने र जैविक विषादी समेतको प्रयोग गर्ने काम भएको गाउँपालिकाले जनाएको छ ।

सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन् । सलहले बालीमा अमेरिकी फौजी कीराले भन्दा बढि क्षति गर्छ ।

सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...