News Portal

  • नेपालकै पहिलो मौसमी राडार बिग्रियो

    हिमाली संचार संवाददाता
    ४८५ पटक

    २०७७ असार २८, आइतबार
    वीरेन्द्रनगर – देशभर बाढी पहिरोले जनधन क्षति गरिरहको बेला सुर्खेतको रातानाङ्ला डाँडामा रहेको नेपालकै पहिलो मौसमी राडार बिग्रिएको एक महिना हुदाँ पनि संचालनमा आउन सकेको छैन।

    जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि विपदका बेला मौसम सम्बन्धी पूर्वसूचना दिने मौसमी राडार बिग्रिएको हो।

    जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको बताउनु भयो।

    मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमै पहिलोपटक जडान गरिएको हो।

    राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङ, बाढी लगायत जोखिमको पूर्वानुमान गर्न सक्छ भएकाले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग गर्छ।

    राडारले कर्णालीमा हवाई यात्राको अवस्थाबारे सहयोग गर्नुका साथै कृषकलाई समेत बालीनाली लगाउन मद्दत पु¥याउने सरकारी दाबी छ। यसले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई समेत समेट्ने गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...