आज : २०२६-०७-२८, मङ्गलबार

आजको जिन्दगानी

२०७७ असार २७, शनिबार

माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ
उनको मेरो बराबर खुशी पुरा हुन्छ
घरीघरी छट्पटी घरीघरी प्यास
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश
कहिलेकाही बिजि हुन्छिन् घरको कामले गर्दा
हेराहेर हुने गर्छ बेला मौका पर्दा
उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचिरहन्छ नानिभित्र उनकै मानचित्र
धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोलि

छबि राम सुनार (निर्दोष)
नवलपुर, नेपाल
हाल: कुवेत।