News Portal

सांसदबाट सरिता गिरी निष्कासित, सचिवालयद्वारा सूचना जारी

हिमाली संचार संवाददाता
५५५ पटक
२०७७ आषाढ २५, बिहिवार

काठमाण्डौ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासन गरेको सार्वजनिक सूचना जारी गरेको छ।

सचिवालयले बिहीबार सूचना टाँस गरी पार्टीले गरेको कारबाही जानकारीका लागि सार्वजनिक गरेको हो। सांसद गिरी समाजवादी पार्टीकी समानुपातिक तर्फकी सांसद हुन्। अघिल्लो महिना भएको संविधान संशोधन विधेयक सम्बन्धमा उनले पार्टी ह्विप उल्लंघन गरेकी थिइन्। 

सोही कारण उनलाई पार्टीले सांसद र साधारण सदस्यबाट निष्कासन गरेको थियो। बुधबार मात्रै पार्टीका तर्फबाट संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो। 

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा कारबाहीको सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने र सभाको अधिवेशन चालु नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नु पर्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...