News Portal

सार्क ब्यूँताउन चाहन्छौं : प्रचण्ड

हिमाली संचार संवाददाता
८०३ पटक

दिल्ली  – चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष देशको हैसियतमा नेपाल सार्कलाई ब्यूँताउने पक्षमा रहेको बताएका हुन् ।

‘एउटा अर्को महत्वपूर्ण क्षेत्रीय संगठन सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपलको यसलाई पुुन सक्रिय बनाउन चाहन्छ र पूर्वनिर्धारित शिखर सम्मेलन आयोजनाको वातावरणको प्रतीक्षामा छ’ उनले भने । प्रचण्डले सार्क र बिमस्टेकलाई एक अर्काको प्रतिस्थापक नभई परिपूरक रुपमा अघि बढाउने आफूहरुको चाहना रहेको उनले बताए ।

सार्कलाई ओझेलमा पार्न बिमस्टेकलाई सक्रिय बनाउन लागेको आरोप लागिरहेका बेला प्रचण्डले यस्तो धारणा राखेका हुन । काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले शान्त, समृद्धि र दिगो विकासका लागि कनेक्टिभिटी लगायत महत्वपूर्ण निर्णय गरेको पनि कार्यक्रममा बताए ।

साना छिमेकीको संवेदनशीलता बुझिदिनुपर्‍यो

कार्यक्रममा प्रचण्डले भारतले सानो छिमेकी नेपालको संवेदनशीलता बुझिदिनुपर्ने पनि बताए । ‘म प्रष्टसँग भन्छु, साना छिमेकीसँग केही संवेदनशीलता हुन्छन्, त्यसलाई बुझ्नु र सम्मान गर्नु आवश्यक छ’ उनले भने ।

प्रचण्डले सार्वभौमसत्ताको सम्मान, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, आपसी हित र एक अर्काप्रतिको विश्वासले मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने बताए ।

भारतसँग विकास ठूलो विकास साझेदारी रहेको भन्दै प्रचण्डले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउने दुबै देश प्रतिवद्ध रहेको बताए ।

अहिले दुबै देश दुई पक्षीय समझदारी र योजनाहरु समयमा कार्यान्वयन गर्नेमा केन्द्रित भएको भन्दै उनले यसको सकारात्मक नतिजा देखिन थालेको पनि बताए । ‘म प्रधानमन्त्री मोदीसँग खुशी छु, उहाँले केही वर्षमा चार पटक नेपाल भ्रमणमा आइसक्नुभएको छ, यो घटना नेपाल भारत सम्बन्धमा ऐतिहासिक घटनाको रुपमा सम्झिइनेछ’ प्रचण्डले भनेको अनलाइनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...