News Portal

  • सार्क ब्यूँताउन चाहन्छौं : प्रचण्ड

    हिमाली संचार संवाददाता
    ७६० पटक

    दिल्ली  – चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् ।

    शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष देशको हैसियतमा नेपाल सार्कलाई ब्यूँताउने पक्षमा रहेको बताएका हुन् ।

    ‘एउटा अर्को महत्वपूर्ण क्षेत्रीय संगठन सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपलको यसलाई पुुन सक्रिय बनाउन चाहन्छ र पूर्वनिर्धारित शिखर सम्मेलन आयोजनाको वातावरणको प्रतीक्षामा छ’ उनले भने । प्रचण्डले सार्क र बिमस्टेकलाई एक अर्काको प्रतिस्थापक नभई परिपूरक रुपमा अघि बढाउने आफूहरुको चाहना रहेको उनले बताए ।

    सार्कलाई ओझेलमा पार्न बिमस्टेकलाई सक्रिय बनाउन लागेको आरोप लागिरहेका बेला प्रचण्डले यस्तो धारणा राखेका हुन । काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले शान्त, समृद्धि र दिगो विकासका लागि कनेक्टिभिटी लगायत महत्वपूर्ण निर्णय गरेको पनि कार्यक्रममा बताए ।

    साना छिमेकीको संवेदनशीलता बुझिदिनुपर्‍यो

    कार्यक्रममा प्रचण्डले भारतले सानो छिमेकी नेपालको संवेदनशीलता बुझिदिनुपर्ने पनि बताए । ‘म प्रष्टसँग भन्छु, साना छिमेकीसँग केही संवेदनशीलता हुन्छन्, त्यसलाई बुझ्नु र सम्मान गर्नु आवश्यक छ’ उनले भने ।

    प्रचण्डले सार्वभौमसत्ताको सम्मान, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, आपसी हित र एक अर्काप्रतिको विश्वासले मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने बताए ।

    भारतसँग विकास ठूलो विकास साझेदारी रहेको भन्दै प्रचण्डले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउने दुबै देश प्रतिवद्ध रहेको बताए ।

    अहिले दुबै देश दुई पक्षीय समझदारी र योजनाहरु समयमा कार्यान्वयन गर्नेमा केन्द्रित भएको भन्दै उनले यसको सकारात्मक नतिजा देखिन थालेको पनि बताए । ‘म प्रधानमन्त्री मोदीसँग खुशी छु, उहाँले केही वर्षमा चार पटक नेपाल भ्रमणमा आइसक्नुभएको छ, यो घटना नेपाल भारत सम्बन्धमा ऐतिहासिक घटनाको रुपमा सम्झिइनेछ’ प्रचण्डले भनेको अनलाइनखबरले समाचार लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...