News Portal

तीन क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन

हिमाली संचार संवाददाता
४१७ पटक

२०७७ असार २४, बुधवार
सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिकामा रहेका तीनवटा क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन भएको पार्इएको छ।

जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलसहित नगरप्रमुख, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकको टोलीले निरक्षण गर्दा तिनवटा उधोगहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको पार्इएको हो।

लेकवेशी नगरपालिका वडा न. ९ मा रहेको लेकवेशी वालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको राजेन्द्र श्याम एण्ड कन्स्ट्रक्सन प्रालि र वडा १ मा संचालित भेरी एग्रीग्रेड एण्ड स्याण्ड रिफाइनरी उद्धोग अनुमति विना संञ्चालनमा रहेका छन।

अवैद्ध रुपमा संञ्चालनमा आएका उद्योगहरुले खोलामा भएका ठुला ढुङ्गाहरु जथाभाविरुपमा संकलन गरेकाले बाढीको प्रकोप बढेको स्थानियको भनार्इ छ।

अहिले एस्काभेटरको प्रयोगबाट त्यसक्षेत्रमा रहेका खोलाबाट ढुङ्गा निकाल्ने काम भर्इरहेकाले बाढिको जोखिम रहेको छ।

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले संञ्चालनमा रहेका उधोगहरुले नगरपालिकासंग कुनैपनि सम्पर्क नगरेर संञ्चालन गरिरहेको भन्दै उद्योगहरु आफुखुशि संञ्चालनमा गरेको बताउनुभयो।

उद्योग स्थापना गर्दा तोकिएको स्थानमा मात्र राख्नुपर्ने, यसबाट जल प्रदुषण,ध्वनी प्रदुषण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कार्य गर्न नपाइने स्पष्ट कानूनी प्रावधान छ।

तर उद्योग संञ्चालकहरुले कानुनि नियमको उल्लघन गर्दै उद्योगहरु संञ्चालन गरेका छन।

वन पैदावारमा आधारित कुनै पनि उद्योगहरु वन क्षेत्रको दुई किलोमिटर भन्दा टाढा राख्नुपर्ने स्पष्ट नीतिगत व्यवस्थाहुदाँ हुदै पनि निति नियमको धज्जी उडाउदै उद्योगहरु संञ्चालनमा रहेका छन।

यता जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले संञ्चालनमा रहेको सबै उधोगहरु गैरकानुनी रुपमा संञ्चालनमा रहेका बताउनुभयो।

उहाँले आफुहरुले निरक्षणमा जादाँ तिनवटै उधोगहरु विधि र प्रकृया विपरीत संञ्चालनमा रहेको पार्इएको भन्दै सबै भन्दा धेरै खहरे खोलामा रहेको क्रसर उद्योगले क्षेति पुर्याएको बताउनुभयो।

उहाँले अबैद्ध रुपमा संञ्चालन भएका उद्योगहरुले खोलानालमा धेरै क्षेति पुर्याएको भन्दै उनिहरुलार्इ कारवाहीको दायरामा ल्यार्इने उल्लेख गर्नुभयो।

यता घरेलु तथा साना उद्योग कार्यालय सुर्खेतमा अहिलेसम्म दुर्इवटा मात्र उद्योगहरु दर्ता भएको पार्इएको छ।

कार्यालयका सुचना अधिकारी रिता कुमारी कँडेलले दर्ता भएका दुर्इ मध्य वीरेन्द्रनगर रहेको त्रिशक्ती क्रसर उद्योग संञ्चालनमा छ भने भेरीगंगामा रहेको देउती क्रसर उद्योग बन्द रहेको छ।

उहाँले संञ्चालनमा आएका उद्योगहरु पनि मापदण्ड पुग्न नसकेको जिकिर गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...