News Portal

मोरङको रंगेलीमा १०४औं बिपी जन्मजयन्ती मनाईयो

हिमाली संचार संवाददाता
११६३ पटक

रबिन्द्र बराल/भदौ २३ मोरङ – बिपी काेईरालाकाे १०४औं जन्मजयन्तीकाे अवसरमा माेरङकाे रंगेलीमा विचार गाेष्टिकाे अायाेजना गरिएको छ । रंगेली नगरपालिका ४ मा रहेको जनता माध्यमिक बिधालयकाे प्राङ्गणमा शुक्रबार उक्त कार्यक्रमकाे अायाेजना गरिएको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, बिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, अन्य अतिथिहरु पुर्वमन्त्री दिलिप गछेदार, पुर्व सामस्द अाशा सरदार, माेरङ जिल्ला सचिव माेदराज घिमिरे, वडाध्यक्ष घनश्याम पनेरु, मङगल चन्द अग्रवाल, वजरंग अग्रवाल, रामनारायण मंन्डल, सीता कार्की र देव नारायण राजवंशी लगाएतकाे उपस्थिति समेत रहेको थियो ।

प्रमुख अतिथि घिमिरेले नेपाली काङ्ग्रेसकाे राट्रिय राजनीतिमा विपिकाे बिचार अाफुलाई उतिकै सान्दर्भिक रहेको र विपिकाे विचारलाई सबैले अात्मासात गरेर अगाडि बढाउनुपर्ने कुरामा जाेड दिनुपर्ने कुरा समेत बताए ।

त्यसैगरी केन्द्रीय सदस्य अमृत अर्यालले भने केपी अाेलिकाे सरकार गठन भए देखि देशमा बलत्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेकाे तर सरकारले यस बिषयमा कुनै चासो नदेखाएको अाराेप समेत लगाएका छन । उनले भने नेपाली काङ्ग्रेस एउटा यस्तो पाटि हाे जुन पाटिले मधेसकाे समस्यालाई समन्धान गर्ने पाटि रहेको समेत बताए । अधिकान्श वक्ताहरुले विपिकाे सिद्धान्त लिएर अगाडि बढे नेपाली काङ्ग्रेस सदैव अगाडि जाने कुरामा जाेड दिएका थिए ।

नेपाली काङ्ग्रेस मोरङका नगर सभापति जगर्नाथ मंन्डलकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...