News Portal

मोरङको रंगेलीमा १०४औं बिपी जन्मजयन्ती मनाईयो

हिमाली संचार संवाददाता
१०८३ पटक

रबिन्द्र बराल/भदौ २३ मोरङ – बिपी काेईरालाकाे १०४औं जन्मजयन्तीकाे अवसरमा माेरङकाे रंगेलीमा विचार गाेष्टिकाे अायाेजना गरिएको छ । रंगेली नगरपालिका ४ मा रहेको जनता माध्यमिक बिधालयकाे प्राङ्गणमा शुक्रबार उक्त कार्यक्रमकाे अायाेजना गरिएको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, बिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, अन्य अतिथिहरु पुर्वमन्त्री दिलिप गछेदार, पुर्व सामस्द अाशा सरदार, माेरङ जिल्ला सचिव माेदराज घिमिरे, वडाध्यक्ष घनश्याम पनेरु, मङगल चन्द अग्रवाल, वजरंग अग्रवाल, रामनारायण मंन्डल, सीता कार्की र देव नारायण राजवंशी लगाएतकाे उपस्थिति समेत रहेको थियो ।

प्रमुख अतिथि घिमिरेले नेपाली काङ्ग्रेसकाे राट्रिय राजनीतिमा विपिकाे बिचार अाफुलाई उतिकै सान्दर्भिक रहेको र विपिकाे विचारलाई सबैले अात्मासात गरेर अगाडि बढाउनुपर्ने कुरामा जाेड दिनुपर्ने कुरा समेत बताए ।

त्यसैगरी केन्द्रीय सदस्य अमृत अर्यालले भने केपी अाेलिकाे सरकार गठन भए देखि देशमा बलत्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेकाे तर सरकारले यस बिषयमा कुनै चासो नदेखाएको अाराेप समेत लगाएका छन । उनले भने नेपाली काङ्ग्रेस एउटा यस्तो पाटि हाे जुन पाटिले मधेसकाे समस्यालाई समन्धान गर्ने पाटि रहेको समेत बताए । अधिकान्श वक्ताहरुले विपिकाे सिद्धान्त लिएर अगाडि बढे नेपाली काङ्ग्रेस सदैव अगाडि जाने कुरामा जाेड दिएका थिए ।

नेपाली काङ्ग्रेस मोरङका नगर सभापति जगर्नाथ मंन्डलकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...