News Portal

स्वास्थ्य सामाग्री पठाइयो मुगु, राजीव शाहलाई सम्मान

हिमाली संचार संवाददाता
७१७ पटक

२०७७ असार २१, आइतबार
काठमाडौं– मनघरी फाउण्डेसनको पहलमा आरम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजले उपलब्ध गराएको स्वास्थ्य सामाग्री कर्णाली प्रदेशको मुगुमा पठाइएको छ।

फाउण्डेशनले २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाएको हो।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट हाँस्य कलाकार हरिवंश आचार्यले ती सामान मुगुका पर्यटन व्यवसायी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको थियो। कर्णालीको स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याएस्वरुप सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

शाहले कोरोना सुरु भएपछि पनि कर्णाली प्रदेशमा एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन।

शाहले जाजरकोटमा निजि लगानीमा सामुदायिक अस्पताल खोलि दिएका छन्। उनलाई हाँस्य कलाकार आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...