News Portal

बजेटप्रति असन्तुष्टि जनाउँदै कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार

हिमाली संचार संवाददाता
५६४ पटक

२०७७ असार २०, शनिबार
सुर्खेत – बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ। आज बसेको बैठकमा कांग्रेसका कुनै पनि सांसदहरू उपस्थित नै भएनन।

मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण बैठकमा भाग नलिइएको बताएका छन। उनीहरुले सबै मन्त्रालयका अलगअलग रातो किताब बनाउन माग गर्दै आएका छन।

प्रमुख प्रतिपक्षविपक्षी दलका नेता जीवनबहादुर शाहीले सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण आफुहरु बैठकमा सहभागी नभएका उल्लेख गर्नुभयो।

उहाँले आफुहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी नुहने बताउनुभयो। सरकारले सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको छ।

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बजेट अधिवेशनको २३ औं बैठक सञ्चालन गरिएको छ। कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि अस्ती पनि बैठक स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...