News Portal

“माया पीरती” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७२२ पटक
२०७७ आषाढ १७, बुधवार

काठमाण्डौ । पुर्वको खोटाङ भन्ने वित्तिकै सांगीतीक राजधानी भनेर परिचित जिल्ला हो । सदरमुकाम दिक्तेलदेखि उत्तरीभेग तर्फ पर्ने सुङदेलका काशी राज राई सानै देखि गीत संगीतमा अभिरुचि राख्ने गीतकार हुन् ।

गीतकार राईले रचना गरेका गीत पछिल्लो समयका चर्चित गायिका मिना राई, गायक खगेन्द्र राईको आवाजमा रहेको “माया पीरती” गीतको भिडियो म्युजिक चौतारी युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतकार राई हाल दुबईमा रहेर पनी नेपालमा रहेका चर्चित गायकहरु संग राम्रो अन्तर सम्बन्ध राखेका छन्। हिमालीसंचारसंगको कुराकानीमा गीतकार राईले फुर्सदिलो समयमा कहिले काही समयको सदुपयोग गरेको हु, समय मिल्दा पुराना यादहरु सम्झनामा मडारिदा कोर्ने गर्छु, त्यही अतितका यादहरु कोरकार गर्दा गर्दै गीत बन्दो रहेछ।

जीवन र जगत राम्रो संग बुझेका गीतकार राई पछिल्लो समयमा संगीत तर्फ झुकाव राखेको देखिन्छ । गीतकार राईको “मलाई मन पर्यो सानु” गीत पनी चाडै आउन लागेको संगीतकार अनिल कोयी राईले जानकारी दिएका छन् ।

संगीतकार राईका अनुसार “मलाई मन पर्यो” गीतको म्युजिक भिडियो छायांकन भई सकेको छ, प्राविधिक पक्षको लागि तयारी हुदै गरेको जानकारी दिए । 

चर्चित गायिका मिना राई र गायक खगेन्द्र राईले आवाज दिएको “माया पिरती” मा अनिल कोयी राईले एरेन्ज साथै संगीत भरेका छन् ।

यस भिडियोको प्रविधिक पक्ष मनोज राईले हेरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका छन् । प्राविधिक पक्षको राम्रो संयोजन गरेका यो भिडियोमा नया पुराना कलाकार रहेका छन् ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...