News Portal

कर्णालीमा पनि भित्रीयो सलहको झुन्ड

हिमाली संचार संवाददाता
४७८ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – सुर्खेतमा पनि सलहको एक झुन्ड आइपुगेको छ। लेकवेसी नगरपालिका–३ दशरथपुरका केही स्थानमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिनुभयो।

उहाँले दशरथपुरमा आज बिहानैदेखि सलहको सानो समूह घुमिरहेको भन्दै सानो बथान भएकाले आत्तिनुपर्ने कारण नभएको बताउनुभयो।

दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको हुनसक्ने पोखरेलको अनुमान छ। यसैबीच सुर्खेतमा सहलको सानो समूह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको छ।

सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लामा कार्यालय, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई उच्च सतर्क बनाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलह नियन्त्रणका लागि प्रदेशसँग छुट्टै उपाय नभएको तर यसलाई धपाउने र नियन्त्रण गर्नका लागि कृषिसँग काम गर्ने सबैसँग समन्वयको प्रयास भइरहेको जिकिर गर्नुभयो।

उहाँले १० वटै जिल्लाका कृषि कार्यालयलाई तयारी अवस्थामा रहेको भन्दै धानको बीउ छोप्न र ड्रम बजाउन किसानलाई सुझाव दिएको छ।

यसैबीच सलह किरा नियन्त्रणका लागि सुर्खेतमा विशेष तयारी अपनाइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडीसम्म तयारी अवस्थामा राखिएको छ।

किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी संघ, सुर्खेतले विषादी तयारी अवस्थामा राख्ने छ। त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकेन गाउँपालिकामा प्रचार– प्रसार र जनचेतनामूलक कार्यक्रम गर्नेछ।

किसान टुले लेकवेसी, गुर्भाकोट, वीरेन्द्रनगर र पञ्चपुरीका किसानहरुलाई सलह धपाउन जनचेतना फैलाउने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...