News Portal

  • रतुवा खाेलाकाे पुल १० बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेन

    हिमाली संचार संवाददाता
    ८०३ पटक

    रबिन्द्र बराल – माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाईन्छ ।

    माेरङ र झापामा जाेडिने रतुवा खाेलामा पुल निर्माण सम्पन्न नहुदाँ त्यस भेगमा रहेका अधिकान्स सर्वसाधारणहरु बिगत ३० बर्ष देखि डुङ्गा(नाऊ)काे माध्यमबाट अावतजावत गर्ने बाध्य रहेका छन । २०६५ सालमा   भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदारले शिलान्यास गरेकाे साे पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन ।

    २०६६ सालमा कालिका कट्रसनले १० कराेड रुपैयाँमा ठेक्का पाएकाे थियो । सव कन्ट्याक्ट्मा कालिकाले गाैरी पार्वती कल्ट्रसनले जिम्मा लगाएकाे थियो । उक्त पुलकाे २ सय मिटर लम्बाई गाैरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलकाे चाैडाई बढि भएको हुनाले उक्त पुलकाे पुर्व पट्टीबाट पुनः १ सय देखि १ सय  ५० मिटरकाे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको सुनसरी माेरङ कुल अायाेजनाका निमित प्रमुख कैलाश साहले बताए।

    २ सय मिटर लम्बाईकाेे पुल निर्माण भईसकेता पनि पुलकाे उचाइ १० फिट अलगाेे  रहेेकोहुुुुनाले पर्व र पश्चिमतर्फ सडक समेत  नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिगत दिन वर्ष देखि उक्त खाेलामा डुङ्गा(नाऊ) संन्चालन गर्ने गाैरीगञ्ज गाउँपालिकाले वार्षिक २ लाख रुपैयाँमा ठेक्का लगाउने गरेको छ ।

    स्थानीय श्याम राजबंशीका अनुसार अाफुहरु दैनिकी यस खाेलाबाट झापाको गाैरीगञ्ज अावत जावत गर्ने गरेको उनी बताउँछन् । उनले भने खाेलामा सामान्य पानी हुदा डुङ्गामा माेटरसाईकल हालेर अावतजावत गर्ने गरेको भएता पनि अत्यधिक जाेखिम रहेको समेत  बताए ।

    रतुमाई नगरपालिका ३ बस्ने कैलाश कुमार श्रेष्ठले भने रतुवा खाेलामा बनाएकाे पुल अहिलेसम्म पनि निर्माण नसक्दा अाफु हरुलाई अावत जावत गर्ने कठिनाई भएको बताए । डुङ्गा मा अावत जावत गर्दाे ठेक्का लिएर डुङ्गा चलाउने ब्यक्ति हरु ले मनपरि रकम असुली गर्ने गरेकाे र डुङ्गामा चडेपछि सबै जनाले भवनको नाम जप्दै बस्ने गरेको फुलसरी तापजुरीया ले बताईन ।
    प्रत्येक दिन खाेला बाट नाउँ काे साहरामा ३ सय देखि ५ सय सम्म अावत जावत गर्ने गरेका छन ।

    अहिले  एक व्यक्ति काे २० रुपैयाँ, साईकलकाे १० रुपैयाँ र माेटरसाईकलकाे ५० रुपैयाँ लिने गरेको उनको भनाइ रहेको छ। खाेलाकै कारणले गर्दाे २ बिधा खेत अहिले वालुवामा परिर्णत भएको छ । उनलेे भने बिगत बर्षमा अाएकाे बाढिका कारण सबै खेतीयोग्य जमिन अहिले बाझै राख्न बाध्य रहेका छन ।

    चुनावकाे समयमा खाेलामा तटबन्धन बाँधने नारा लिएर  चुनाब जितेका नेताहरु अहिले खाेला फर्काउने   कुनै पहल समेत नगरेको उनले अाराेप समेत  लगाए । स्थानीय रमेश चाैधरी भन्छन खाेलामा पानीको वाहव बडेपछि नाउँ (डुङ्गा) चलाउन नसके पछि स्थानीय हरु ले गाैरीगञ्ज पुग्नका लागि माेरङकाे अामवाडि हुदै दमक पुगेर  ३ घन्टाको समय पार गरेर जानुपर्ने बाध्यता  रहेको उनी बताउँछन्   ।

    उर्मिला देवि ताजपुरीयाले भनिन चाडपर्वकाे समयमा डुङ्गामा बढि रकम असुली गर्ने गरेका छन । अहिले मानिस र साईकलकाे ३० रुपैयाँ लिएता पनि चाडपर्वकाे समयमा ५० रुपैयाँ सम्म लिने गरेका छन । बढि रकम लिएर    जनताहरुलाई दुख दिने गरेको उनले बताईन । जुन नेता अाएपनि जनताकाे लागि भलाेहुने काम नगरेकाे अाराेप समेत लागईन ।

    पिडारी चाेक देखि १ किलोमिटरमा रहेको रतुवा खाेला पुग्नका लागि अधिकान्स ठाउँमा बिगतमा अाएकाे बाढिका कारण सडक समेत भत्किएको र सर्वसाधारणहरुले अरुकाे धान खेतीबाट हिड्न बाध्य रहेका छन । अरुकाे खेतीबाट हिडदा गाली सहेर हिड्नुपर्ने बाध्यता रहेको उनी बताउछिन् ।

    उक्त पुल निर्माण भएर संन्चालनमा अाएमा बिराटनगरदेखि भद्रपुरसम्म अावतजावत गर्नेका लागि सर्वसाधारणहरुलेे बिराटनगर, ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गकाे बाटो अावतजावत गर्ने छाेटाे र सहज हुने स्थानीयहरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...