News Portal

रतुवा खाेलाकाे पुल १० बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेन

हिमाली संचार संवाददाता
८८८ पटक

रबिन्द्र बराल – माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाईन्छ ।

माेरङ र झापामा जाेडिने रतुवा खाेलामा पुल निर्माण सम्पन्न नहुदाँ त्यस भेगमा रहेका अधिकान्स सर्वसाधारणहरु बिगत ३० बर्ष देखि डुङ्गा(नाऊ)काे माध्यमबाट अावतजावत गर्ने बाध्य रहेका छन । २०६५ सालमा   भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदारले शिलान्यास गरेकाे साे पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन ।

२०६६ सालमा कालिका कट्रसनले १० कराेड रुपैयाँमा ठेक्का पाएकाे थियो । सव कन्ट्याक्ट्मा कालिकाले गाैरी पार्वती कल्ट्रसनले जिम्मा लगाएकाे थियो । उक्त पुलकाे २ सय मिटर लम्बाई गाैरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलकाे चाैडाई बढि भएको हुनाले उक्त पुलकाे पुर्व पट्टीबाट पुनः १ सय देखि १ सय  ५० मिटरकाे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको सुनसरी माेरङ कुल अायाेजनाका निमित प्रमुख कैलाश साहले बताए।

२ सय मिटर लम्बाईकाेे पुल निर्माण भईसकेता पनि पुलकाे उचाइ १० फिट अलगाेे  रहेेकोहुुुुनाले पर्व र पश्चिमतर्फ सडक समेत  नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिगत दिन वर्ष देखि उक्त खाेलामा डुङ्गा(नाऊ) संन्चालन गर्ने गाैरीगञ्ज गाउँपालिकाले वार्षिक २ लाख रुपैयाँमा ठेक्का लगाउने गरेको छ ।

स्थानीय श्याम राजबंशीका अनुसार अाफुहरु दैनिकी यस खाेलाबाट झापाको गाैरीगञ्ज अावत जावत गर्ने गरेको उनी बताउँछन् । उनले भने खाेलामा सामान्य पानी हुदा डुङ्गामा माेटरसाईकल हालेर अावतजावत गर्ने गरेको भएता पनि अत्यधिक जाेखिम रहेको समेत  बताए ।

रतुमाई नगरपालिका ३ बस्ने कैलाश कुमार श्रेष्ठले भने रतुवा खाेलामा बनाएकाे पुल अहिलेसम्म पनि निर्माण नसक्दा अाफु हरुलाई अावत जावत गर्ने कठिनाई भएको बताए । डुङ्गा मा अावत जावत गर्दाे ठेक्का लिएर डुङ्गा चलाउने ब्यक्ति हरु ले मनपरि रकम असुली गर्ने गरेकाे र डुङ्गामा चडेपछि सबै जनाले भवनको नाम जप्दै बस्ने गरेको फुलसरी तापजुरीया ले बताईन ।
प्रत्येक दिन खाेला बाट नाउँ काे साहरामा ३ सय देखि ५ सय सम्म अावत जावत गर्ने गरेका छन ।

अहिले  एक व्यक्ति काे २० रुपैयाँ, साईकलकाे १० रुपैयाँ र माेटरसाईकलकाे ५० रुपैयाँ लिने गरेको उनको भनाइ रहेको छ। खाेलाकै कारणले गर्दाे २ बिधा खेत अहिले वालुवामा परिर्णत भएको छ । उनलेे भने बिगत बर्षमा अाएकाे बाढिका कारण सबै खेतीयोग्य जमिन अहिले बाझै राख्न बाध्य रहेका छन ।

चुनावकाे समयमा खाेलामा तटबन्धन बाँधने नारा लिएर  चुनाब जितेका नेताहरु अहिले खाेला फर्काउने   कुनै पहल समेत नगरेको उनले अाराेप समेत  लगाए । स्थानीय रमेश चाैधरी भन्छन खाेलामा पानीको वाहव बडेपछि नाउँ (डुङ्गा) चलाउन नसके पछि स्थानीय हरु ले गाैरीगञ्ज पुग्नका लागि माेरङकाे अामवाडि हुदै दमक पुगेर  ३ घन्टाको समय पार गरेर जानुपर्ने बाध्यता  रहेको उनी बताउँछन्   ।

उर्मिला देवि ताजपुरीयाले भनिन चाडपर्वकाे समयमा डुङ्गामा बढि रकम असुली गर्ने गरेका छन । अहिले मानिस र साईकलकाे ३० रुपैयाँ लिएता पनि चाडपर्वकाे समयमा ५० रुपैयाँ सम्म लिने गरेका छन । बढि रकम लिएर    जनताहरुलाई दुख दिने गरेको उनले बताईन । जुन नेता अाएपनि जनताकाे लागि भलाेहुने काम नगरेकाे अाराेप समेत लागईन ।

पिडारी चाेक देखि १ किलोमिटरमा रहेको रतुवा खाेला पुग्नका लागि अधिकान्स ठाउँमा बिगतमा अाएकाे बाढिका कारण सडक समेत भत्किएको र सर्वसाधारणहरुले अरुकाे धान खेतीबाट हिड्न बाध्य रहेका छन । अरुकाे खेतीबाट हिडदा गाली सहेर हिड्नुपर्ने बाध्यता रहेको उनी बताउछिन् ।

उक्त पुल निर्माण भएर संन्चालनमा अाएमा बिराटनगरदेखि भद्रपुरसम्म अावतजावत गर्नेका लागि सर्वसाधारणहरुलेे बिराटनगर, ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गकाे बाटो अावतजावत गर्ने छाेटाे र सहज हुने स्थानीयहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...