News Portal

सीमा नाकाको होल्डिङ्ग सेन्टरमा ठकुरीको सहयोग

हिमाली संचार संवाददाता
४५२ पटक

२०७७ असार १४, आइतबार
नेपालगन्ज – नेपाल–भारत सीमा नाका जमुनाहमा रहेको होल्डिङ्ग सेन्टरमा खाद्यान्न सहयोग गरिएको छ।

ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालको संयुक्त आयोजनामा होल्डिङ सेन्टरका संयोजक सहसेनानी चेतन पौडेललाई प्रदान गरिएको छ।

उक्त सहयोग सहसेनानी पौडेलको टिमले नेपाल–भारत सीमा भएर भारतबाट नेपाल आउने नेपाली नागरिकलाई वितरण गर्नेछ।

सहयोग स्वरुप मेडिकल मास्क, फलफूल, पानी, बिस्कुटलगायतको उपभोग्य सामाग्रीहरु प्रदान गरिएको ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपकबहादुर शाहीले बताए।

सहयोग सामाग्री प्रदान कार्यक्रममा ठकुरी सहयोग सञ्जाल प्रदेश ५ का संयोजक संयोगजंग शाह, कर्णाली प्रदेशका प्रमुख देव बहादुर शाही, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाहलगायतले कोरोना संक्रमणका बेला मानवीय सहयोगको भावनाले उक्त सहयोग गरिएको बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...